डब्ल्युएचओद्वारा कोरोना भाइरसलाई कहिले पनि हराउन नसक्ने अवस्था आउन सक्ने चेतावनी !

२०७७ श्रावण १९ गते, सोमबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको संक्रमणलाई कहिले पनि हराउन नसकिने अवस्था पनि आउन सक्ने चेतावनी दिदै यसको कुनै ठोस समाधान गर्न नसकिने सम्भावना पनि उत्तिकै रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गिब्रयेसासले भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त भनाइ राखेको बीबीसीमा उल्लेख छ । उनले भने, यस भाइरसको लागि हाल कुनै सटीक र निश्चित उपचार उपलब्ध छैन र कहिले पनि नपाउन पनि सक्ने सम्भावना छ ।
कोरोना महामारी अझ धेरै दिनसम्म जारी रहन सक्ने भन्ने चेतावनी दिएको भोलिपल्टै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको यो भनाइ आएको हो । कोरोनालाई नियन्त्रणमा लिनका लागि विश्वभरका वैज्ञानिकहरु खोप बनाउन लागि परेका छन् । तर हालसम्म बजारमा कुनै खोप आउन सकेको छैन ।
गत महिना अक्सफोर्ड युनिभर्सिटीले खोप परीक्षणमा सुरक्षित रहेको घोषणा गरेको थियो । अब यस भ्याक्सिनको अर्को परीक्षण लगभग १० हजार व्यक्तिहरूमा हुने जनाइएको छ।-एजेन्सी

प्रतिक्रियाहरु