मेलम्चीमा पहिरो : आठ मजदुर बेपता, एकको जिवितै उद्धार

२०७७ श्रावण १९ गते, सोमबार


काठमाडौँ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ मेलम्ची बजारमा गएराति करिब २ बजेतिर खसेको पहिरोले पुरिएर कभर्ड हल निर्माणका लागि टहरो हालेर बसेका आठ मजदुर पुरिएर बेपत्ता भएका छन् । नौ मध्ये एक जनाको राति नै जिवितै उद्धार गरिएपनि बाँकी आठ जना अहिलेसम्म बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
बज्र निर्माण सेवा अन्तर्गत उनीहरु कभर्डहल निर्माणका लागि आएका कामदार थिए । दुई जना भारतीय र बाँकी ६ जना नेपालकै तराइका भएको बताइएको छ । अहिले उनीहरुको स्काभेटर लगाएर खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार