आज थप २४६ जनामा कोरोना संक्रमण !

२०७७ श्रावण १८ गते, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई सय ४६ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको जनाएको छ । जसमा काठमाडौं उपत्यकामा ३१ जना थपिएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोनाबाट निको भएर घर फर्केका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । यो संख्या ७१ दशमलव ८ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । ५ हजार ३ सय ६२ जना आइसोलेसनमा रहेका छन् । १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् भने पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५७ पुगेको हो । कोरोना भाइरस संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले गत साउन १४ गतेको निर्णय अनुसार नेपालमा कहीं पनि आरडीटी परीक्षणलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु