सुन तोलाको ९९ हजार ६ सय !

२०७७ श्रावण १८ गते, आईतवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ९९ हजार ६ सय पुगेको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । तेजाबी सुनको भाउ ९९ हजार एक सय ६० रुपैयाँ तोकिँदा चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु