रुसले अक्टोबरबाट कोरोनाबिरूद्धको भ्याक्सीन प्रयोग गर्ने

२०७७ श्रावण १८ गते, आईतवार


काठमाडौँ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले आगामी अक्टोबरमै रुसी नागरिलाई भ्याक्सीन दिने योजना बनाइरहेको बताएका छन । रुसले यतिबेला तीब्र रुपमा भ्याक्सीन बिकासको काम गरिहेको छ । अघिल्लो महिना रुसी बैज्ञनिकहरुले कोरोना भ्याक्सिनको सुरुवाती ट्रायल पूरा गरिसकेको जनाउदै त्यसको नतिजा सकारात्मक भएको दावी गरेका थिए ।
अब अक्टाेबरमा दिइने भ्याक्सीन सबैभन्दा पहिले डाक्टर र शिक्षकलाई कोरोना दिइने स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी मिडियालाई बताएको बीबीसी हिन्दीमा उल्लेख छ । कोरोना भाइरस बिरुद्ध भ्याक्सीन चलाउन सम्भवत यो महिनामै नियामक निकायले स्वीकृति दिनेछ । अमेरिकामका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भने रुसको यो कदमप्रति चिन्ता व्यक्त गरेका छन् । उनले रुस र चीनले आफ्ना नागरिकलाई कोरोना भ्याक्सिन दिनु अघि सम्बन्धित सबै परीक्षण तथ्य रुपमा नै गरिरहेको या बास्ताबिकता भन्दा टाढा रहेको हो की ? भन्नेमा चिन्ता व्यक्त गरेका हुन । उनले अमेरिकाले पनि कोरोनाको प्रभावकारी भ्याक्सीन निर्माण गरिरहेको बताए ।
डाक्टर एन्थोनी फाउचीले यो बर्षको अन्तिमसम्मा अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सीन ल्याउने दावी गरे । उनले भने -‘यो वर्षको अन्त्यसम्म अमेरिकाले सुरक्षित र प्रभावकारी कोरोना भ्याक्सिन ल्याउनेछ । त्यसपछि अमेरिकाले आधुनिक भ्याक्सिनका लागि कुनै अन्य देशमा निर्भर हुनु पर्दैन।’
कोरोना भाइरसले विश्वलाई भयावह स्थिती सृजना गरेका बेला अमेरिकिा, रुस र चीनसहितका अन्य थुप्रै मुलुकका बैज्ञानिकहरुले यसबिरुद्धको भ्याक्सीन निर्माण गरिरहेका छन् । अहिलेसम्म विश्वभर भण्डै २० भ्याक्सिनको क्लिनिकल ट्रायल गरिएको छ । तर कुनैपनि मुलुकले पूर्ण रुपमा कोरोना भाइरस संक्रमण रोक्न सकिने औषधि निर्माण गर्न सकिरहेका छैनन् ।
यहीबीच रुसी स्वास्थ्यमन्त्रीले भने मस्कोमा रहेको गामालेया इन्स्टिच्यूटले कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको सम्पूर्ण काम सक्नेक्रममा रहेका जनाएको छ । यसलाई सरकार मार्फत बैधानिकता दिन रजिस्टर गर्नकाे लागि कागजी प्रकृयामा रहेको जानकारी दिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु