कोरोनाबाट मन्त्रीको मृत्यु !

२०७७ श्रावण १८ गते, आईतवार


काठमाडौँ । कोरोना संक्रमणको कारण भारतको उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।
गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी मन्त्री कमलाको आइतबार मृत्यु भएको हो । उनी १ बर्ष पहिले मन्त्री भएको थिइन ।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ हजार ३ सय ६४ पुगेको छ भने अहिलेसम्म १७ लाख ५० हजार ७ सय २३ संक्रमित भएका छन् । यीमध्ये भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ४५ हजार ६ सय २९ रहेको छ ।

प्रतिक्रियाहरु