अरुलाई अरुकै रन्को घर जुवाँइलाई खानाकै रन्को

२०७७ श्रावण १८ गते, आईतवार

हस्तबहादुर केसी

नेपालीमा एउटा भनाई छ, ‘अरुलाई अरुकै रन्को घर जुवाँलाई खानकै रन्को’ यो भनाई यतिबेला सत्ताधारी नेकपा (नेकपा) द्वारा पुष्टि भएको छ । किनभने यतिबेला कोभिड–१९ को महामारीले जनता त्राही–त्राही भइरहेका छन् । यो छ महिनाको अबधिमा कोरोना महामारीका कारण लामो समयसम्म लकडाउनका कारण मुलुकको आर्थिक अवस्था डामाडोल भइरहेको छ । आधारभूत वर्गका जनता, काम गरी जीवन निर्वाह गर्ने जनताहरु साँझ बिहान के खाने भनेर चिन्तित छन् । स्कुल, कलेजहरु बन्द छन् । लाखौं विद्यार्थीहरुको जीवन र भविष्य अनिश्चित भएको छ । देश–प्रदेशमा रहेका लाखौं हाम्रा मजदुर दाजुभाइ, दिदीबहिनीको रोजगार गुमेको छ । आज नेपालबाहेक भारत प्रवासलगायत विश्वभर रहका हाम्रा दाजुभाइ, दिदीबहिनी मजदुरहरुको जीवन बर्बाद भइसकेको छ । देश भित्र कुनै रोजगारीको व्यवस्था छैन । यी सबै समस्याहरुलाई रद्दीको टोकरीमा फ्याँकेर सत्ताधारी नेकपाका नेताहरू सत्ता लुछाचुँडीको कुकुरे कलह (बिरालोको लुछाचुँडी) मा व्यस्त छन् । केपी ओली र प्रचण्डबीचको प्रधानमन्त्री पदको तानातानीले दुनियाँलाई हसाँइएको छ । कुनै लाज, सरम छैन केपी प्रचण्डलाई । कोरोनाका नाममा अरबौंको भ्रष्टाचार गरेका भ्रष्टाचारीहरुलाई संरक्षण गरिरहेका केपी ओली र प्रचण्ड कोरोनाकै नाममा मुलुकको ढुकुटीमाथि ब्रह्मलुट मच्चाउन सत्ता लुछाचुँडीमा कम्मर कसेर लागेका छन् । यस परिघटनाले २०७५ साल जेठ ३ गते एमाले र माकेबीच पार्टी एकता हुनुको कारण सरकारमा पुग्ने र राष्ट्रको सम्पत्ति लुट्नका लागि भएको थियोे भन्ने प्रमाणित भएको छ । तल पनि प्रशस्त मात्रामा उल्लेख भएको छ कि जुन माओवादी आन्दोलनको उपलब्धि र विरासतलाई जो माओवादी आन्दोलनको प्रचण्डले नेतृत्व गरेको प्रचण्ड समूह एमालेमा खानकै निम्ति गएको थियोे, त्यो समूह एमालेमा गएर देश र जनताको हितमा, नेपाली जनता र नेपाल राष्ट्रको परिवर्तन र समृद्धिका निम्ति गएको थिएन भन्ने कुरा आज आएर प्रचण्ड प्रधानमन्त्रीको निम्ति, नितान्त पदका लागि भूपू एमालेको केपी गुटमाथि सिंगोरी खेलेर प्रधानमन्त्रीको पद हत्याउन भूपू एमालेकै नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता चरम अवसरवादी नेताहरुलाई वरिपरी लगाएर पदकै लागि मात्र मरिहत्ते गरिरहेको घटनाले माओवादी आन्दोलन भित्रको प्रचण्ड समूह एमालेमा खानकै लागि गएको रहेछ भन्ने कुरा राम्रोसँग प्रमाणित भएको छ ।

यतिबेला भूपू एमालेका नेताहरु र भूपू माओवादीका भ्रष्ट, नालायक, निकम्मा, जनघाती र राष्ट्रघाती नेताहरुले पद ओगट्ने र जनतालाई भेडाबाख्रा बनाएर मुलुकको सम्पत्ति लुट्नेबाहेक अरु कतै पनि हेरिरहेका छैनन् भन्ने कुरा पनि प्रमाणित भएको छ ।

दश वर्षे जनयुद्धको नेतृत्व गरेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको नेपाली माओवादी आन्दोलनको सबैभन्दा ठूलो समूह नीति, विचार, सिद्धान्त, दर्शन, पार्टीले अंगीकार गर्दै आएको मालेमावादी पथप्रदर्शक सिद्धान्त, नेपाली नयाँ जनवादी क्रान्तिको कार्यक्रम, कार्यदिशा, रणनीति, कार्यनीति, लक्ष्य, उद्देश्यहरु सबै काँल्लामुनि फ्याँकेर साथै सिद्धान्तबिहीन, विचारबिहीन भएर पहिले आफैंले प्रतिक्रियावादी घोषणा गरेको पार्टी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) मा खानकै लागि गएको हो ।

अहिले नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि भूपू एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरुसित अनुनय–विनय गर्दै, रोइकराई गर्दै हिँड्नु, वर्तमान सत्ताधारी नेकपाका पहिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सम्हालिरेको प्रधानमन्त्री पद खोसेर आपूmले खानका निम्ति पार्टी भित्र पुराना माओवादीका नेता, कार्यकर्ताहरुका बीचमा अलग्गै गुट चलाउनु, कहिले माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका केपीबाट असुन्तुष्ट बनेका र मन्त्री, सभासद वा अन्य पद पोष्ट नपाएर, केपी ओलीले नदिएर पन्छ्याइएका वा प्रधानमन्त्री केपी ओलीका हनुमन्ते बनेर मुलुकको राष्ट्रिय सम्पत्ति लुट्न नपाएकाहरुलई समेटेर गुट बनाउने र केपी ओलीबाट प्रधानमन्त्री खोसेर बाँकी दुई वर्ष देशमा ब्रह्मलुट मच्चाउनका लागि मरिहत्ते गर्दै हिँड्ने, प्रधानमन्त्री बन्न सहयोग लिनका निम्ति कहिले वामदेव गौतमलाई संघीय संसदमा चुनावद्वारा ल्याउने र प्रधानमन्त्री बनाई दिने भनेर प्रोलोभन देखाएर उक्साइदिने, कहिले वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर संबिधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बनाई दिने भनेर उचालिदिने । त्यति गर्दा पनि केपी ओलीलाई गलहत्यार प्रधानमन्त्री बन्न नसकेपछि माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमको गुटबाट अलग्गिएर ओली गुटमा सामेल भएर केपी ओलीलाई लिएर प्रधानमन्त्रीका लागि, राष्ट्रपति विद्यादेवी भण्डारीलाई गुहार्न शितलनिवास चाहार्दै हिँड्नु नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसमा प्रधानमन्त्री पद नपाउने स्पष्ट भए पछि पार्टी भित्रका सबै असुन्तुष्टि छताछुल्ल पारेको परिदृश्य देख्नुबाट प्रष्टै देखिन्छ कि माओवादी आन्दोलनबाट भागेर, क्रान्ति, श्रान्ति सबलाई गोली मारेर बुर्कुसी मार्दै, पुच्छर ठड्यार एमालेमा गएका हुन भन्ने कुरा प्रमाणित भएको छ । सरकारमा जाने, खाने र कमाउने भनेर २०७५ साल जेठ ३ गते पार्टी एकताको नाम दिएर माओवादी आन्दोलन भित्रको ठूलै समूह तत्कालीन एमालेमा विलय भएको थियोे ।

पार्टी एकता हुनुभन्दा १ दिन पहिले अर्थात् २०७५ साल जेठ २ गते केपी ओली र प्रचण्डबीच प्रधानमन्त्री आलोपालो आधा–आधा समय प्रधानमन्त्री बन्ने भनेर उनीहरूकै संसदीय भाषामा भद्र सहमति (गोप्य) गरेका रहेछन् । यो अत्यन्तै अवसरवादी तरिका हो । यो बुर्जुवाहरुले प्रतिस्पर्धीलाई प्रलोभन देखाएर, गुलिया मिठाइँ देखाई दिएर भुलाई दिने तरिका हो । यो दुनियाँमा आपूmलाई धेरै बाठो भएको ठान्ने प्रचण्डलाई पनि भुलाउन माहिर केपी ओली पर्नु भए छ र भद्र सहमति कार्यान्वयन नगरी दिएपछि प्रचण्डको निद्रा हराम भयो र माधव, झलनाथ, वामदेवलाई गुहारेर, “भारत भनेको हामी हौँ, हामी भनेका पनि हामी नै हौँ” भनेर केपीलाई धम्क्याएर पनि प्रधानमन्त्री पद नझरे पछि अहिले प्रचण्ड भन्दैछन् “एमाले सुध्रिएन भने पार्टी फुट्छ” भन्दै धम्क्याउदै हिँडेका छन् र दुनियाँलाई हँसाएका छन् प्रचण्डले ।

खाने भनेरै महान् दश वर्षे जनयुद्धका विरासत र उपलब्धिहरु मिल्काइदिने, नेपाली क्रान्तिलाई लत्याइदिने, नेपाली जनतालाई गम्भीर प्रकारको धोका दिएर खानकै लागि आएकाहरुले पनि दिँदै नदिएका त होइनन्, गृह मन्त्रालय, उर्जा, वन, खानेपानीजस्ता ब्यापक भ्रष्टाचार गर्न सक्ने मन्त्रालयहरु दिएकै छन्, गोरखाबाट चुनाव हारेको, गोर्खाली जनताबाट आइसोलेट गरिएको ब्यक्ति नारायणकाजी ‘प्रकाश’ लाई भत्ता खुवाउनैका लागि, राष्ट्रियसभामा लिए कै छन् । दोस्रो दर्जाको अध्यक्ष प्रचण्डलाई दिएकै छन् । एमालेमा गएर ज्यान पाल्नकै निम्ति रोइ–कराई गरेर, पद, पोष्ट, पैसोकै निम्ति मरिहत्ते गर्दै हिँडेकाले प्रचण्ड र प्रचण्ड समूहले समग्र माओवादी आन्दोलनलाई बद्नाम तुल्याएका छन् । विश्वभरकै क्रान्तिकारी कम्युनिस्टहरूलाई बदनाम तुल्याउँदै हिँडेका छन् । प्रचण्ड समूहकै कारणले गर्दा आज नेपालका क्रान्तिकारी माओवादीहरु र अन्य क्रान्तिकारी कम्युनिस्टहरूलाई कम्युनिस्ट हुँ भनेर छाती खोलेर हिँड्न, दुनियाँका सामु मुख लेखाउन गाह्रो भइरहेको छ ।

‘तर’ खाएर कहिल्यै नअघाउने प्रचण्डलाई उनले मागेको खान दिनु पथ्र्यो । किनभने माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओलीलाई प्रधानमन्त्री बनाई दिएको प्रचण्डले नै हो । नत्र माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओलीहरु जिन्दगीमा प्रधानमन्त्री बन्ने कुनै सम्भावना थिनन्, यो दुनियाँले देखेकै कुरा हो । प्रचण्ड–केपीहरुलाई कुनै लाज, सरम छैन । कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० को कहरले नेपाली जनता त्राही–त्राही भइरहेको अवस्थामा, जनतालाई ज्यान जोगाउन कठिन भइरहेको अवस्थामा, मुलुकको आर्थिक अवस्था डामाडोल भइरहेको अवस्थामा, रोजगारी गुमाएर हाम्रा मजदुर दाजुभाइ, दिदीबहिनीहरु घर फर्किरहेको अवस्थामा उनीहरूको व्यवस्थापन गर्नुपर्ने बेलामा, स्कुल, कलेजहरु बन्द छन्, यातायात बन्द छ, जनताको अभिभावकत्व प्रदान गर्ने बेलामा सत्ता रुढ नेकपा भित्र, प्रचण्ड र केपी ओलीका बीचमा कुर्सी तानाको अवस्था छ, पदका लागि हानाहान छ ।

केन्द्रीय स्तरमा मात्र होइन, आज प्रदेश स्तरमा, जिल्ला स्तरका नेता, कार्यकर्ताहरु पनि राष्ट्रको सम्पत्तिमाथि लुट मच्चाउने, कोरोनाको नाममा नेपाली जनताको सम्पत्तिमाथि लुट मच्चाउने कार्यमा लागेका छन् । प्रदेश सरकार खासगरी १ नम्बर, गण्डकी प्रदेश, ५ नम्बर, कर्णालीले जनप्रतिनिधिका लागि अत्यधिक सुविधाहरु बढाउने काम भएको छ । प्रदेश सरकार, स्थानीय सरकारहरु जनताबाट चर्को कर उठाउने र कुम्ल्याउने काम भइरहेको छ । यसबाट के कुरा स्पष्ट हुन्छ भने डब्बल नेकपाको सरकार लुटेरा सरकार हो भन्ने कुरा पनि प्रमाणित भएको छ । यहाँ यिनै प्रमाणहरुका आधारमा भन्ने गरिन्छ कि केपी ओली नेतृत्वको इतिहासमै दलाल सरकार नेपाली जनताको नभएर माफियाहरुको, दलालहरुको, तस्करहरुको, मानव तस्करहरुको, कालाबजारियाहरुको, मुनाफाखोरहरुको, शैक्षिक माफियाहरुको, भ्रष्टाचारीहरुको, आौषधि माफियाहरुको, भूमाफियाहरुको, हत्याराहरुको, बलत्कारीहरुको, अपराधीहरुको, कमिशनखोरहरुको, विचौलियाहरुको, क्रान्तिकारी कम्युनिस्टहरुमाथि भीषण दमनचक्र चलाउने फासीवादी सरकार हो भन्ने कुरा राम्रोसँग प्रमाणित भएको छ ।

ओली नेतृत्व सरकार हत्यारा र बलत्कारीहरुको सरकार हो भन्ने कुरा १३ वर्षीय निर्मला पन्तका हत्यारा र बलत्कारीहरुलाई अदालतबाटै उन्मुक्ति दिनु, श्रीमती हत्यारा रन्जन कोइरालालाई जन्मकैद तोकिएको हत्यारालाई ८ वर्ष मै उन्मुक्ति दिलाउनु, रुकुम पश्चिम सोती जातीय नरसंहारका हत्याराहरुलाई बचाउने षड्यन्त्र गर्नुले ओली सरकार हत्याराहरु र बलत्कारीहरुको सरकार हो भन्ने प्रमाणित भएको छ । वाइडवडीका भ्रष्टाचारीहरु, गोकुल बास्कोटाजस्तो भ्रष्टाचारी, चीनबाट ओम्नी कम्पनीमार्फत औषधि खरिद गर्ने प्रक्रियामा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायतका भ्रष्टाचारीहरुलाई संरक्षण दिनुले केपी – प्रचण्डको सरकार भ्रष्टहरुको सरकार हो भन्ने प्रमाणित भएको छ । चितवनका चेपाङ बस्ती र घरमा आगो लगाएर गरिब, निमुखा जनतालाई जिउँदै जलाउने षड्यन्त्र गर्ने ओली सरकार जनघाती र जनहत्यारा सरकार हो भन्ने प्रमाणित भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदै आउनु र त्यस पार्टीका हजारौं नेता, कार्यकर्ताहरुमाथि आस्थाका आधारमा भीषण दमन गरेर झुठ्ठा मुद्दा लगाउने, यातना दिने, अदालतले रिहाइको आदेश दिए लगत्तै अदालतकै परिसरबाटै गिरफ्तार गरेर पुनः झुठ्ठा मुद्दा लगाए जेलमा कोच्ने कार्य र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी लगायतका ११ दलीय मोर्चामाथि दमन गर्ने कार्यले केपी – प्रचण्डको संसारमै १ नम्बरको दलाल सरकार हिट्लरी फासीवादी सरकार हो भन्ने प्रमाणित भएको छ ।

यिनै तमाम प्रकारका अपराधीहरु, हत्याराहरु, लुटेराहरु, भ्रष्टहरु, शैक्षिक माफियाहरु, जग्गा दलालहरु, शैक्षिक दलालहरु, विचौलियाहरुको साझा सरकार भएकोले यिनै तत्वहरुमाथि चडेर केपी – प्रचण्डको दलाल सरकार राष्ट्रको सम्पत्तिमाथि लुटधन्दा चलाउनका निम्ति प्रधानमन्त्री पदमाथि तानातान गरिरहेको दिनको घाम जत्तिकै छर्लङ्ग छ ।

माथि धेरै ठाउँमा प्रशस्तै मात्रामा उल्लेख गरिसकिएको छ । तर यहाँ पुनः दोहो¥याउँदा उपयुुक्त नै होला । “अरुलाई अरुको चिन्तता घर जुवाँइलाई खानकै चिन्ता” भने झैँ कोरोना–सोरोनाले जाबो जनता मरोस कि बाँचोस, कहिले सत्तामा पुग्ने र सत्ताको ‘बिलो’ लुछाचुँडी गर्ने ‘कुकुरे कलह’ मा जीवन हालिरहेकाले दुनियाँलाई हराउने काम प्रचण्ड – केपीहरुले, भूपू एमालेहरुले, भूपू माओवादीहरुले गरिरहेका छ ।  विचरा भोका मनुवाहरु !

(केसी, क्रान्तिकारी माओवादीको केन्द्रीय मुखपत्र ‘माओवादी’ का सम्पादक हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु