ट्राफिक प्रहरीमा कोरोना संक्रमण : महाशाखाबाट हुने सबै सेवा बन्द

२०७७ श्रावण १८ गते, आईतवार

काठमाडौं । महानगरिय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनसार त्यहाँ कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सम्पूर्ण सेवाहरु बन्द गरि करिब तीन सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ । महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ । २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार