आज ३१५ जना थपिएसंगै कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो !

२०७७ श्रावण १७ गते, शनिबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित हुनेको संख्या २० हजार नाघेको जानकारी दिए ।
नेपालमा हालसम्म कोरोनाभाइरसबाट ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ९३ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म निको भएर ‘डिस्चार्ज’ हुनेको संख्या १४ हजार ४९२ पुगेको प्रवक्ता डा. गौतमले बताए ।
पछिल्लो २४ घन्टामा छ हजार ९९३ जनाको ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ । देशभर हाल ११ हजार ५३३ जना ‘क्वारेन्टिन’मा रहेका छन् । पाँच हजार ३३८ जना ‘आइसोलेसन’मा रहेका छन् ।

प्रतिक्रियाहरु