नेकपा नेता वीरजङ्ग अदालतबाटै गिरफ्तार !

२०७७ श्रावण १७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई जिल्ला अदालत काभ्रेले रिहाइको आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
जिल्ला अदालत दाङ देउखुरीले नेता वीरजङ्गलाई रिहा गरेलगत्तै प्रहरीले सङ्गठित अपराधको मुद्दा लगाई काभ्रेको बनेपामा राखेको थियो । उक्त मुद्दामा पनि जिल्ला अदालतले रिहाइको आदेश दिएपछि नेता वीरजङ्गलाई अर्को मुद्दा लगाई भोजपुर लगिएको समाचार प्राप्त भएको छ । सङ्गठित अपराधको मुद्दामा प्रहरीले वीरजङ्गलाई भोजपुर लगेको पारिवारिक स्रोतले जनाएको छ ।
उक्त मुद्दामा अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, देवकुमार मोक्तान र रामकृष्ण भण्डारीले बहस गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु