अष्ट्रेलियामा बस्ने १२ जना नेपालीमा कोरोना संक्रमण !

२०७७ श्रावण १६ गते, शुक्रबार

काठमाडौं । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेलका अनुसार अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमण हुनेमा नेपाली विद्यार्थीदेखि एनआरएनए पदाधिकारीसमेत रहेका छन् । अष्ट्रेलियामा यसअघि मेलबर्नमा ४ जना नेपालीलाई कोरोना देखिएकोमा उनीहरु निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रियाहरु