पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिए !

२०७७ श्रावण १६ गते, शुक्रबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २४ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । हाल ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ हजार ३ सय ९९ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण भएको छ ।
देशभर हाल १२ हजार १ सय ११ जना क्वारेन्टिनमा रहेका छन् । हाल ५ हजार २ सय २७ जना आइसोलेसनमा रहेका छन् । भोजपुर, संखुवासभा, रसुवा, काभ्रेपलाञ्चोक, मनाङ्ग र मुस्ताङ्ग गरी छ जिल्ला संक्रमणमुक्त हुन सफल भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जना मृतक थपिएका छन् । मृतकमा पर्साका तीन जना र ललितपुरकी एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिए । देशभर कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
यसैबीच, काठमाडौंमा केही दिनदेखि साना -साना सभाहरु भइरहेकाले त्यस्ता सभाहरु नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।काठमाडौंमा संक्रमितहरु दिनानुदिन बढिरहेको भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मास्क नलगाउने दुई लाख मानिसलाई कार्वाही गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु