नेकपा रूपन्देहीका इन्चार्ज पुनसहित एक दर्जन कार्यकर्ता गिरफ्तार !

२०७७ श्रावण १६ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका रूपन्देही जिल्ला इन्चार्ज सङ्गम पुनसहित एक दर्जन नेता–कार्यकर्ता गिरफ्तार भएको समाचार छ । इन्चार्ज पुनसहित १ दर्जन कार्यकर्तालाई प्रहरीले रूपन्देहीको बुटवलबाट शुक्रबार गिरफ्तार गरेको बताइएको छ । शुक्रबार स्थानीय जनतासँग छलफलमा सहभागी भइरहेको बेला प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु