आज २७४ जना कोरोना संक्रमित थपिए !

२०७७ श्रावण १५ गते, बिहीबार


काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा २ सय ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । पछिल्लो एक दिनमा थप २ सय २७ जना कोरोनामुक्त भएर घर फर्केका छन । हालसम्म देशभर ३ लाख ६४ हजार ६ सय ४८ वटा पीसीआर परीक्षण भएका छन् । अहिले देशभरका विभिन्न आइसोलेसनमा ५ हजार २ सय २७ संक्रमितको उपचार भैरहेको छ । अहिले देशभरका क्वारेन्टिनमा १३ हजार २ सय १ जना बसिरहेका छन । नेपालमा हालसम्म कोरोना संक्रमणवाट ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु