देशैभरका होटल रेष्टुरेन्ट खुला !

२०७७ श्रावण १५ गते, बिहीबार


काठमाडौं । सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेपछि बन्द रहेका देशैभरका होटल र रेष्टुरेन्ट आजवाट सञ्चालन हुने भएका छन । होटल संघ नेपालले अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गर्नुका साथै रेस्टुरेन्ट सेवा पनि सुचारु गरेको जनाएको छ । खुला हुने होटलहरुमा स्वास्थ्य सम्बन्धि आवश्यक सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ । पाहुना नआएपनि सकारात्मक सन्देश जाने भएकाले अधिकांश व्यवसायीले आजबाट सेवा सुचारु गर्ने व्यवसायीहरुले बताएका छन । देशभरका पर्यटकीय क्षेत्रका अधिकांश होटलले पनि आजवाट सेवा सुचारु गर्दैछन् ।
लकडाउन हटाएको भएपनि हवाई तथा लामो दूरीको यातायात र सभा–सम्मेलनसहितका ठूला जमघटमा प्रतिबन्ध जारी रहेकाले ग्राहक होटलमा त्यति जाने सम्भावना रहेको छैन । साना र मझौला होटल खुलेपनि ठुला होटल खुल्ने भने निश्चित छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार