अमेरिकाले जर्मनीबाट १२ हजार सेना फिर्ता गर्ने !

२०७७ श्रावण १५ गते, बिहीबार

काठमाडौं । अमेरिकाले युरोपमा तैनाथ अमेरिकी सेनाको रणनिती बदल्ने निर्णय गर्दै जर्मनीमा तैनाथ गरिएका १२ हजार अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्मनीमा रहेका ६ हजार ४ सय सेनालाई अमेरिका फिर्ता लग्ने र बाँकीलाई उत्तर एटलान्टिक सैन्य संगठन नेटो अन्तर्गतको बेल्जियम र इटलीमा तैनाथ गर्ने निर्णय गरेको ह्वाइट हाउसले जनाएको छ । जर्मनीले नेटोको लक्ष्य अनुरुप रक्षा खर्चमा असफल भएको टिप्पणी गर्दै ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्ने निर्णय गरेको बुझिएको छ । साथै उनले नेटोका सदश्य राष्ट्रहरुले प्रतिरक्षाका लागि खर्च गर्न अन्य नेटो सदस्य राष्ट्रहरु समेत असफल भएको आरोप लगाएका छन ।
यसैबीच अमेरिकी बिदेश सचिव मार्क एस्परले अमेरिकी सेना पुनस्र्थापित गर्ने यो एक योजना मात्र भएको प्रतिक्रिया दिएका छन । अमेरिकाको यो कदम प्रति भने जर्मनीका उच्च अधिकारीहरु भने चिन्तित छन् । -एजेन्सी

प्रतिक्रियाहरु