बैंकमै थन्कियो पौने ३ अर्बबराबरको ३ सय २१ किलो सुन !

२०७७ श्रावण १५ गते, बिहीबार


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि तथा सोही कारण नेपाली बजारमा मागसमेत खस्किएकाले बैंकहरूले आयात गरेको ३ सय २१ केजी सुन बिक्री हुन सकेको छैन ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपैयाँबराबरको सुन स्टक रहेको हो ।
‘बुधबार ४ बजेको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्रतिदश ग्राम सुनको मूल्य ८४ हजार ६ सय ४७ रुपैयाँ हुन्छ,’ एक बैंकका वित्त विभाग प्रमुखले भने, ‘यस आधारमा बैंकहरूसँग अहिले भएको सुनको मूल्य करिब २ अर्ब ७१ करोडबराबर हो ।’
२१ वाणिज्य बैंकले गत आर्थिक वर्ष ०७६र७७ का लागि कुल २ हजार ४ सय सुन ल्याउने अनुमति पाएका थिए । राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनसम्ममा भने कुल १३ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । यो गत वर्षको तुलनामा करिब ५७ प्रतिशतले कमी हो ।- नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु