भारतमा एकैदिन ४९ हजार ६३२ कोरोना संक्रमित थपिए !

२०७७ श्रावण १४ गते, बुधबार


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ६३२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । गत आइतबार संक्रमितको ४८ हजार ९३२ थियो । सोमबार संक्रमितको संख्या केही घटेका थिए । सोमबार सोमबार ४६ हजार ४८४ जना मात्रै संक्रमित फेला परेका थिए । तर मंगलबार भने एक्कासी बढेर झण्डै ५० हजारको हारहारीमा संक्रमित थपिएका हुन् । अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३४ हजार २ सय २४ को ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ७७६ भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै ५ लाख ९ हजार १४१ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रियाहरु