आज अन्तर्राष्ट्रिय बाघ दिवस

२०७७ श्रावण १४ गते, बुधबार


काठमाडौं । आज जुलाई २९ अर्थात अन्तर्राष्ट्रिय बाघ दिवस । विश्वबाट घट्दै गएका वा लोप हुने खतरामा पुगेका बाघको संरक्षणमा सहयोग पर्‍याउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा यो दिवस मनाइन्छ । नेपाल सन् २०२२ सम्म पाटे बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको संख्या २ सय ३५ वटा थियो । नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको संख्या पु-याउनुपर्नेछ । हालको संख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ । बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ ।
बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । विश्वमा कम्तीमा चार हजार पाटे बाघ रहेको अनुमान छ । हालसम्म भएका अध्ययन अनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु