बज्रलाई तत्काल रिहा गर्न माग

२०७७ श्रावण १३ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले जिल्ला सदस्य बज्रलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त अविलम्ब रिहाइको माग गरेको छ । नेकपाका ललितपुर सेक्रेटरी विदुषीले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले बिनाकारण राजनीतिक आस्थाका आधारमा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेका हुन् ।
नेपाली जनताको आशा र भरोसाको केन्द्र बनिरहेको आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले जबर्जस्ती युद्धको घोषणा गरिरहेको भन्दै विदुषीले विज्ञप्तिमा आफ्नो पार्टीका नेता–कार्यक्रर्ताहरूलाई गैरन्यायिक गिरफ्तारी गरेर झूट्टा मुद्दामा फसाउन खोजिरहेको उल्लेख गरेका छन् । विश्व कोभिड १९ को महामारीले आक्रान्त भइरहेको बेला सामान्य मानवीय मूल्य–मान्यतालाई समेत बिर्सेर दलालहरू सत्ताकोे खेलमा रमाइरहेको र जनताहरू रोग, भोक र पीडाले छट्पटाइरहेको विज्ञप्तिमा उल्लेख छ ।
गिरफ्तार गरिएका बज्रलाई अविलम्ब ससम्मान रिहा नगरिए क्रान्तिकारीहरू स्पार्टाकसले झैँ जीवनमरणको सङ्र्षमा उत्रिने चेतावनी आइतबार जारी विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार