सत्तारुढ नेकपा फुटको संघारमा : ओलीलाई बहुमतले हटाउने प्रपन्च

२०७७ श्रावण १२ गते, सोमबार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबादमा पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरु बहुमतबाटै निर्णय गर्ने निचोडमा पुगेका छन् । ओलीकोको कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्ष निकालेका दाहाल र नेपालसहितका नेताहरु अब बहुमतबाटै निर्णय लिने पक्षमा पुगेको बताइएको छ । पछिल्लो पटक साउन ६ गते एक हप्ताका लागि स्थगित बैठक बस्नुपूर्व सोमबार दाहाल–नेपाल खेमाका नेताहरुले अलग्गै छलफल गरेर ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने निचोड निकालेका हुन् ।
वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतीय प्रक्रियाबाट निर्णय गरिने सञ्चारमाध्यमलाई बताए । सोमबार बिहान दाहाल निवास खुमलटारमा दाहाल, नेपाल, खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरुबीच छलफल भएको थियो । छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा दाहालले बैठक सञ्चालन गर्ने समझदारी बनेको छ । पार्टी अनिर्णयमा रहन नसक्ने भएकाले सहमति नभए बहुमतले बैठकलाई टुंग्गोमा पु¥याउनुपर्ने नेताहरुको भनाइ छ ।
अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दाहाल–नेपाल पक्षले दबाब दिइरहे पनि ओलीले भने आफूले राजीनामा दिने हो भने त्यही दिनबाट पार्टी एकता भंग हुने भन्दै परिणाम ब्यहोर्न खुल्ला चुनौति दिइरहेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु