भारतद्वारा कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न पत्र !

२०७७ श्रावण १२ गते, सोमबार

काठमाडौं । भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै ती क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ । भारतको धार्चुला प्रशासन कार्यालयले विभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै त्यस्त गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको हो ।
केहि समय अघि नेपालले कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपनि भूभागलाई भारतले आफ्नो क्षेत्र रहेको दावी गर्दै आएको छ । यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आउ–जाउ नभएको बतउनुभयो । नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।

यसैगरी हेलिकप्टरमार्फत ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्रु र टिंकरमा एक–एक सय क्विन्टल चामल पु-याइएको थियो ।यस्तै छाङ्रुको गागा भन्ने स्थानमा झोलुङ्गे पुलका सामान पनि हेलिकप्टरमार्फत् नै पुर्‍याइएको छ । यसैगरी माथिल्लो कौवा भन्ने ठाउँमा सुरक्षा पोष्ट राख्ने तयारीसमेत गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार