प्रिमियर लिगको ‘गोल्डेन बुट’ भार्डीको पोल्टामा

२०७७ श्रावण १२ गते, सोमबार


काठमाडौं । यस सिजनको इग्लिस प्रिमियर लिगको गोल्डेन बुट लेस्टर सिटीका स्ट्राइकर जेम्स भार्डीले जितेका छन् । ३३ बर्षीय भार्डी लेस्टर सिटीका स्ट्राइकर हुन् । उनले लिगमा ससर्वाधि २३ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनीपछि आर्सनलका पिएरे एमरिक अउबामेयांग र साउथहम्पटनका डानी इन्ग्सलाईले समान २२-२२ गोल गरेका थिए ।
भार्डीले सन २०१५\१६ मा २४ गोल गरेपनि गोल्डेन बुट जित्न सकेका थिएनन् । त्यो सिजनमा लेस्टरले प्रिमियर लिगको फाइनल उठाएको थियो । सो सिजनमा सिजनमा ह्यारी केनले २५ गोल गर्दै गोल्डेन बुट जितेका थिए । अहिलेको सिजनमा पनि भार्डीले गोल्डेन बुट जितेपनि अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग २-० गोल अन्तरले पराजित भएपछि च्याम्पियन्स लिगमा छनौट हुन सकेन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु