आजबाट मनसुन पुनः सक्रिय : प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

२०७७ श्रावण १२ गते, सोमबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि साउन १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ । विभागका अनुसार दुवै प्रदेशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम रहेको छ । वर्षा गराउने मनसुन न्यून चापीय रेखा तराई मधेसनजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज रातिदेखि मनसुन सक्रिय भई मंगलबार र बुधबार बाढी, पहिरो र डुबानको जोखिम भएकाले सकेसम्म यात्रा नगर्न, गर्नैपरे उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
पाँच दिनसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ । बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका भने केही स्थानमा भने भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ । विभागले चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने सम्भावना रहेको भन्दै विभागले सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन भनेको छ । प्रिमनसुनको समयदेखि नै पानी परिरहेकाले यो वर्ष पहिरोको जोखिम बढेकाले थप सतर्क हुनुपर्ने मौसमविदको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार