अखिल (क्रान्तिकारी) द्वारा भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्न माग

२०७७ श्रावण ११ गते, आईतवार


काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाण्डौ विश्वविद्यालय समितिले शैक्षिक गुणस्तर सुधार र भ्रष्टाचारलगायतका अनियमितताको छानविन र दोषीलाई कारबाही गर्न माग गरेको छ। अखिल (क्रान्तिकारी) काठमाण्डौ विश्वविद्यालय जिल्ला समितिका संयोजक दिपक शर्माले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
संयोजक शर्माद्वारा जारी बिज्ञप्तिमा विगत केही समयदेखि विभिन्न संचार माध्यामहरुमा काठमाण्डौँ विश्वविद्यालयमा भएका आर्थिक अनियमितता लगायतका विषयहरुमा लगातार आईरहेका समाचार र विवरणहरु प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउदै विश्वविद्यालय जस्तो प्राज्ञिक र मर्यादित संस्थाका सम्वन्धमा आएका भ्रष्टाचार, अनियमितता र अराजकताका समाचारहरुले समग्र विश्वविद्यालय र देशकै छवि धमिल्याउने विषय स्पष्ट भएको उल्लेख गरिएको छ । साथै विश्वविद्यालयमा हुने सवै गतिविधिहरु पारदर्शि र नियम संगत हुन जरुरी भएको भन्दै संचार माध्यामहरुलाई विश्वविद्यालयको छवि नधमिल्याउन, हिसावकिताव नमिल्दा र पुर्वाग्रहको आधारमा समाचारहरु नलेख्न र उनिहरुको पित पत्रकारीता बन्द गर्न माग गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु