नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन असोज २५ र २६ गते

२०७७ श्रावण ११ गते, आईतवार


काठमाडों । नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ । महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । महाधिवेशनमा देशभरबाट करिव ४ सय जना प्रतिनिधि सहभागी हुनेछन् । बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ । महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ ।
यस्तै महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ । हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु