कोभिड १९ ले विश्व कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव

२०७७ श्रावण ११ गते, आईतवार
    हस्तबहादुर केसी

  गत सन २०१९ डिसेम्बरमा चीनको वुहानमा उत्पन्न भएको कोभिड ( १९ आज विश्व व्यपी रुपमा गंभीर प्रकारको महामारीको रुपमा फैलिएको छ । आज यो आलेख लेखिरहेको समयसम्म विश्वभर १४,१८९,२२३ जना संक्रमित भइसकेका छन् भने ५९९,३४१जनाले ज्यान गुमाइसकेका छन्  र ८,४५५,२०६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । विश्व व्यापी रुपमा एउटा महामारीका रुपमा फैलिएको कोभिड (१९ को संक्रमन र जोखिमबाट नेपाल अछुतो रहन सकेन ।नेपालमा पनि १८,३४४ जना संक्रमित हुन पुगेका छन् भने ४२  जनाले ज्यान गुमाइसकेका छन् र ११, २४९ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।   यसरी विश्व व्यापी रुपमा गंभीर प्रकारको महामारीको रुपमा फैलिएको कोभिड   १९ ले विश्वव्यापी रुपमै मानवीय क्षेत्रमा , आर्थिक क्षेत्रमा , सामाजिक क्षेत्रमा , साँस्कृतिक क्षेत्रमा लगायत विश्व मानव  समाजमा ठूलो असर मात्रै पारेको छैन , यसले ज्यादै अपुरणीय क्षति समेत पुर्यायी सकेको छ । साथै यस मानव संहारकारी कोभिड ( १९ ले विश्व मानव सभ्यतामाथि नै गंभीर प्रकारको चुनौतीका रुपमा खडा हुन पुगेको छ ।

    यस महामारीको आजसम्म वैज्ञानिकहरुले आौषधि    पत्ता लगाउन नसकेको अवस्था भएकोले सुदूर भविष्यसम्म असर गर्ने र क्षति पुर्याउने कुरालाई नकार्न सकिने अवस्था छैन ।

 यस मानव संहारकारी कोभिड ( १९ ले विश्व मानव  समाजको मानवीय , आर्थिक , राजनीति , सामाजिक , साँस्कृतिक क्षेत्रका साथै विश्व कम्युनिस्ट आन्दोलनमा समेत ठूलो असर र प्रभाव पार्नु स्वाभाविकै हुन्छ । यसले सबैभन्दा ठूलो असर र प्रभाव कम्युनिस्ट आन्दोलनमा पारेको छ । किनभने विश्व कम्युनिस्ट आन्दोलन भनेको न्यायप्रेमी तथा मुक्तिकामी जनता र विश्व साम्राज्यवाद , प्रभुत्ववाद तथा विस्तारवादद्वारा उत्पीडित राष्ट्रहरुको मुक्ति आन्दोलनको निर्देशन , दिशाबोध र गाइडलाइन प्रदान गर्ने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय संगठित शक्ति हो । यद्यपि आज क्रान्तिकारी कम्युनिस्ट अन्तर्राष्ट्रियको   क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम ) को विघटन पछि क्रान्तिकारी कम्युनिस्टहरु र कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय केन्द्र नबनिरहेको अवस्था भए पनि निर्माण गर्ने सवालमा नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) पार्टीको पहलमा कामको थालनी भइसकेको छ । यसलाई छिटो कार्यान्वयनमा ल्याउन जरुरी छ ।  यसका साथै सोभियत रुस र चीनमा प्रतिक्रान्तिकारी गध्दार गुटहरुद्वारा प्रतिक्रान्ति गरेर पुँजीवादको पुनःस्थापना गरिए पनि विश्व कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । विश्व सर्वहारा क्रान्तिका लागि वस्तुगत अवस्था परिपक्व हुदाहुदै पनि आत्मथगत शक्ति ज्यादै कम्जोर  अवस्थामा रहेको छ ।

    महन् लेनिनले गरेको पुँजीवादको विश्लेषण र संश्लेषण अनुसार आज पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको बिचको भीषण वर्गसंघको युगको महत्त्व र सान्दर्भिकता समाप्त भैसकेको छैन । लेनिनवादको आवश्यकता र सान्दर्भिकता अरु बढेर गएको छ । किनभने आजको युग साम्राज्यवाद र विश्व सर्वहारा वर्ग बिचको भीषण वर्गसंघर्षको युग हो ।

       आज नेपाल , भारत , फिलिपिन्स , टर्की , अफगानिस्तान , भेनेजुयला , पेरु , बंगलादेश ,  पाकिस्तान समेतका देशका माक्र्सवाद ( लेनिनवाद ( माओवादलाई पथप्रदर्शक सिध्दान्त अंगिकार गर्दै आएका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आ( आफ्नो देशको विशिष्टतामा आधारित भएर क्रान्तिका कामलाई अगाडि बढाइरहेका छन् । आ( आफ्नो विशिष्टतामा आधारित रहेर जनयुद्धका कार्यक्रमहरु अगाडि बढाइरहेका छन् ।  नेपालमा नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) पार्टीले महान् दश वर्षेे जनयुद्धको जगमा टेकेर सशस्त्र जनविद्रोह मार्फत् जनताको जनवादी व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवाद हुदै नेपाली समाजलाई वैज्ञानिक साम्यवादमा पुग्ने लक्ष्य लिएर क्रान्तिका कामलाई घनिभूत बनाइरहेको छ । यो  एउटा विशिष्ट परिस्थितिको कुरा हो । आज ८ महिना पहिलेदेखि फैलिएको कोभिड ( १९ को संक्रमन र जोखिमले सबैभन्दा ठूलो खसर र प्रभाव काम गरिखाने , रगत र पसिना बगाएर जीवन गुजारा गर्ने वर्गलाई गरेको छ । सबै देशमा गरिएको ीयअपमयधल ( बन्दाबन्दी ) का कारण काम गरिखाने , श्रमिक , मजदुर वर्ग र किसान जनसमुदायलाई ठूलो असर गरेको छ ।

      किनभने ८र ८ महिनासम्म उद्योग , कलकारखाना , बजार , यातायात , शिक्षण संस्थाहरु बन्द भइरहदा विश्व व्यापी रुपमा असर परेको छ । मजदुरहरुले काम गर्ने रोजगारीहरु गुमाएका छन् । कम्जोर र पिछडिएका देशका मजदुरहरु अन्य मुलुकहरुमा पुगेर रोजगारी गर्दै आएका थिए । आज ती देशहरू पनि कोभिड ( १९ को कहिले थिलो थिलो बनिसकेका छन्  । मुख्य गरी श्रमिक वर्ग र काम गरिखाने , जीवन गुजारा गर्ने वर्गले अवसरहरु गुमाई सकेका छन्  । यसले एकातिर संसारका हरेक देशहरूमा जनताद्वारा विद्रोह हुने संभावना बढेर जानेछ भने संसार भरकै कम्युनिस्ट पार्टीहरुमा विविध प्रकारका संकटहरु पैदा हुने कुरालाई पनि नकार्न सकिदैन ।

    एकातिर पार्टी सञ्चालन गर्नका लागि आर्थिक समस्या जटिल बन्दै जान सक्छ भने अर्कोतिर कार्यकर्ताहरु पलायन हुने सम्भावनाहरु पनि बढ्दै जाने यो द्वन्द्ववादलाई पनि नकार्न सकिदैन । यस प्रकारको प्रतिकूल परिस्थितिमा पार्टीलाई वैज्ञानिक र व्यवहारिक ढंगले सञ्चालन गर्न जरुरी हुनेछ । यसको अर्को पाटो के हो भने दोस्रो विश्युध्द पछि विश्व मानव समुदायमा एउटा नयाँ परिस्थिति पैदा गर्दै छ । पहिलो र दोस्रो युध्द पछि विश्व मानव समाजमा बढी संकट यस कोभिड ( १९ को कहरले एउटा प्रभाव छोडेको छ ।  दोस्रो विश्व युध्द पछि विश्व राजनीतिक परिस्थिति र शक्ति सन्तुलनमा पनि फरक आएको थियो र त्यस पछि संयुक्त राज्य अमेरिका प्रमुख शक्ति राष्ट्रको रुपमा उदायो र विश्व कै पहिलो साम्राज्यवादी लुटेरा राष्ट्रको उदायमान हुन पुग्यो । आज पनि अमरिकी साम्राज्यवाद नै भूमण्डलीकृत साम्राज्यवादको नाइकेका रुपमा रहेकै छ । तर आज कोभिड ( १९ को कहरले सबैभन्दा बढी क्षति अमेरिकालाई नै पर्न गएको छ ।   अबका दिनमा चीन अमेरिका भन्दा अगाडि बढ्न सक्ने संभावनालाई नकार्न सकिदैन । अबको विश्वमा चीन पहिलो शक्तिशाली राष्ट्र बन्न सक्ने संभावना कढ्ने देखिन्छ । यस प्रकारको परिस्थितिको निर्माण हुन पुग्यो भने विश्व राजनीतिक शक्ति सन्तुलनमा पनि फेरबदल आउन सक्छ । त्यसो भयो भने यसले विश्व कम्युनिस्ट आन्दोलनलाई प्रभाव पार्न सक्छ । र यसले विश्व क्रान्तिलाई पनि असर पर्न सक्छ । यस प्रकारको परिस्थिति निर्माण हुन गयो भने विश्व सर्वहारा वर्गले नयाँ कार्य दिशा तय गरेर क्रान्तिका कामहरुलाई अगाडि बढाउनु पर्ने संभावना बढेर आउने छ । यसलाई पनि विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले क्रान्तिका कामहरुलाई अरु नयाँ ढंगले सोच्नुपर्ने स्थिति पैदा हुन सक्छ ।

     यहाँनेर एउटा नयाँ तथ्य के हो भने साम्राज्यवादमा गिरिसकेको संसदीय पुँजीवादी व्यवस्था कोभिड ( १९ बाट हुने संक्रमन र त्यसबाट हुने मानवीय क्षति , जो विश्व स्तरमै लाखौंको क्षति हुन पुग्यो , यस जोखिम र क्षतिबाट जनतालाई जोगाउन र संरक्षण गर्न पूर्णरूपमा असफल भइसकेको छ र भविष्यमा पनि यसले जनतालाई संरक्षण गर्न सक्तैन । पुँजीवादी राज्य व्यवस्था भनेको दलालहरुद्वारा शासन प्रशासन चलाउने व्यवस्था हो । अर्थात् दलाल सरकार भनेको जनताको निम्ति रमिते सरकार हुने भएकोले त्यसले जनतालाई माया गर्न , सहयोग गर्न सक्तैन । संसदीय पुँजीवादी व्यवस्थाको चरित्र पनि यही नै हो ।    यसको विकल्पमा वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प छैन भन्ने कुराको पुष्टि यो कोभिड ( १९ को परिघटनाले गरेको छ । किनभने आफू बाँच्नका लागि केही बाँकी राखेनन् । त्यही अमेरिकी साम्राज्यवादले पैसो बाहेक अरु केही होइन , पैसाले नै सबै काम गर्छ भनेर संसार भरबाट बन्दुकको भरमा लुट्ने र सोहोर्ने गर्दै आएको थियोे । तर आज त्यही पैसोले अमेरिकी धनाढ्यहरुलाई बचाउन सकेन ।

    पश्चिमी पुँजीवादीहरुलाई पनि कोभिड ( १९ को जोखिमबाट पैसोले बचाउन सकेन । त्यस कारण पुँजी नै सबै थोक रहेनछ भन्ने पाठ सिकाएको छ ।

    तसर्थ सबैखाले प्राकृतिक समस्या , मानवीय समस्या र विश्व जनताको मुक्तिका समस्याहरु पुँजीवादी व्यवस्थाले होइन  , वैज्ञानिक समाजवादले मात्र गर्न सक्छ भन्ने पुष्टि गरिदिएको छ । र , यस परिघटनाले पुँजीवादको विकल्पमा एक मात विकल्प वैज्ञानिक समाजवाद हो तथ्यलाई विश्व कम्युनिस्ट आन्दोलनमा स्थापित गर्नुको विकल्प छैन ।

        विश्मा घटित ठूला ठूला परिघटना पश्चात् नयाँ राजनीतिक परिस्थिति पनि नयाँ ढंगले विकास भएको इतिहास छ । जस्तैः पहिलो विश्व युध्द चलिरहेकै बेला त्यसले ल्याएको संकटलाई छिचोल्दै सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) मा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । अक्टोबर क्रान्तिले नयाँ युगको सूत्रपात गरेको थियो । पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर त्यसको ठाउँमा नयाँ व्यवस्था अर्थात् सर्वहारा वर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना भएको थियोे । त्यसले विश्व सर्वहारालाई निकै उत्साहित तुल्यायो ।

 त्यस पछि जर्मन कम्युनिस्ट पार्टी ( १९१८), हंगेरियन कम्युनिस्ट पार्टी ( १९१८) , बुल्गेरियन कम्युनिस्ट पार्टी (१९१९) युगोस्लाभ कम्युनिस्ट पार्टी ( १९१९) ,भारतमा हिन्दुस्थान  कम्युनिस्ट ग्रुप (१७ अक्टोबर १९२० रुसमा ) भियतनामी कम्युनिस्ट पार्टी  ( १०२०) ,मलेसियन कम्युनिस्ट पार्टी (१९२०) , चिनीया कम्युनिस्ट पार्टी ( १९२१) , इटालियन कम्युनिस्ट पार्टी  (१९२१) कोरियान वर्कर्स पार्टी जापनिज कम्युनिस्ट पार्टी  (१९२२) (१९२५) पेरुभियन कम्युनिस्ट पार्टी ( १९२८) साउथ सिज कम्युनिस्ट कम्युनिस्ट पार्टी (१९२८) इराकी कम्युनिस्ट पार्टी (१९३४) बर्मिज कम्युनिस्ट पार्टी (१९४३)  आदि ।

     दोस्रो विश्व युध्द पछि पनि विश्व राजनीतिमा परिवर्तन आएको थियोे । दोस्रो युध्द पछि संयुक्त राज्य अमेरिका पहिलो शक्तिशाली राष्ट्रको उदायो र विश्व मै पहिलो साम्राज्यवादी मुलुकको रुपमा उदायो , जो अहिलेसम्म कायमै छ । अर्कोतिर दोस्रो युध्द पछि  चीनमा १९४९ अक्टोबर १ का दिन  महान् चिनीया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । चिनीया नयाँ जनवादी क्रान्तिले विश्व सर्वहारा वर्गलाई रग्तसञ्चार गरायो ।  त्यस पछि भियतनाम , उत्तर कोरिया , कम्बोडिया , क्युवामा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न गरिय । १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । यसरी पहिलो र दोस्रो विश्व युध्द पछि विश्व जनसंख्याको आधा भन्दा बढी जनसंख्या कम्युनिस्ट सरकारको छातामुनी गोलबन्द हुन पुगे ।   माथि पनि धेरै ठाउँमा उल्लेख गरिएको छ कि यस कोभिड ( १९ को परिघटनाले विश्व मानव समाजमा ल्याएको संकटले नयाँ चुनौती र संभावना दुबै ल्याउने कुरालाई नकार्न सकिदैन । अब नयाँ राजनीतिक परिस्थिति पैदा हुने र नयाँ राजनीतिक विचारधारा सहित नयाँ मुलुकहरु उदाउने र विश्व सर्वहारा वर्ग र विश्व मानव समाजमा विलकुलै उत्साह र नयाँ क्षितिज उदाउने सम्भावनालाई नकार्न सकिदैन ।

 यस प्रकारका परिस्थितिहरु पैदा हुने परिस्थितिमा विश्व सर्वहारा वर्ग र सम्बन्धित देशमा क्रान्तिको तयारी गरिरहेका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले नयाँ परिस्थितिमा नयाँ योजना र नयाँ आधारमा नयाँ किसिमले क्रान्ति सम्पन्न गर्नका लागि सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकताबध्द गर्ने , क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी शुध्दिकरण र सुदृढीकरण गर्ने र क्रान्तिकारी रुपान्तरण भएर अगाडि बढ्ने आँट गर्ने र क्रान्तिकारी  कार्य दिशाहरु अप गर्दै जाने कार्यमा वैज्ञानिक ढंगले ध्यान दिने दिशातिर अगाडि बढ्नुको विकल्प छैन ।

( लेखक: अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु