भारतमा एकैदिन ४८ हजार बढीमा कोरोना संक्रमण पुष्टि !

२०७७ श्रावण ११ गते, आईतवार


काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा ४८ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप ६ सय ९० जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसका कारण हालसम्म ३२ हजार ९६ जनाको मृत्यु भएको छ भने १३ लाख ८५ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । ८ लाख ८६ हजार मानिस उपचारपछि निको भएका छन् ।
यसैबीच भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलाई कोरोना संक्रमण भएको छ । संक्रमण देखिएपछि उनलाई भोपालस्थित चिरायु अस्पताल भर्ना गरिएको छ । उनले कोरोना भाइरस दिशानिर्देशनहरुको आफूले पालना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट बँच्न सावधानी अपनाउन अपील गरेका छन् । मुख्यमन्त्री चौहानले आफूले गर्दै आएको दैनिक कोरोना समीक्षा बैठक अब भिडियो कन्फ्रेन्समार्फत् गर्ने र आफ्नो अनुपस्थितिमा बैठकहरु राज्यका अन्य मन्त्रीहरुले सम्हाल्ने जनाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु