लकडाउनका कारण ध्वनी प्रदुषणमा ५० प्रतिशतले कमी !

२०७७ श्रावण ९ गते, शुक्रबार

काठमाडौँ ।  लकडाउनको कारण विश्वमा ५० प्रतिशतले ध्वनी प्रदुषण कमी आएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण कम गर्न गरीएको लकडाउनको समयमा मानिसहरुको चहलपहल कम हुनुका साथै औद्योगिक कलकारखाना बन्द भएका कारण ध्वनी प्रदुषणमा कमी आएको एक अध्ययनले देखाएको छ । बेल्जीयमस्थित रोयल अब्जरभेटरीको अगुवाइमा भएको अध्ययनमा ७० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता रहेको थियो । लकडाउनको अवधिमा विश्वको विभिन्न ३ सय स्थानमा ध्वनी प्रदुषणसम्बन्धी अध्ययन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मानिसहरुको भिडभाड हुने विभिन्न विकास निर्माणका कृयाकलाप ठप्प रहेकाले ध्वनी प्रदुषण आधा घटेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । -एजेन्सी

प्रतिक्रियाहरु