भुवन केसीद्वारा १० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दायर

२०७७ श्रावण ९ गते, शुक्रबार


काठमाडौं । निर्माता, निर्देशक एवं अभिनेता भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । केसीले निवेदनमा आफूलाई अभिनेत्री शाहले बेइज्जत गरेको उल्लेख गरेका छन् । विभिन्न पत्रपत्रिका, अनलाइन र युट्यूवमा अभिनेत्री शाहले आफूलाई यौन दूव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता केसीले मुद्दा दर्ता गरेका हुन् । विगत केही समय अघिदेखि अभिनेत्री शाहले ‘ड्रिम्स’ फिल्ममा काम गर्ने क्रममा आफू दुव्र्यवहारको शिकार हुनुपरेको बताएकी थिइन् । हालसम्म ८ वटा फिल्ममा काम गरेकीमध्ये तीन वटा फिल्ममा नराम्रो अनुभव भोग्नुपरेको अभिनेत्री शाहले बताएकी थिइन् । साथै, अभिनेत्री शाहले आफूमाथि भएका दूव्र्यवहारका घटना बाहिर नल्याउन पटक–पटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर सकिदिने डरसमेत देखाइएको बताएकी थिइन् ।

प्रतिक्रियाहरु