विश्वको पहिलो विमान श्रीलंकामा निर्माण भएको दाबी :’रावण’ पहिलो विमानको आविष्कारक !

तस्वीरः विकीवान्ड २०७७ श्रावण ८ गते, बिहीबार

काठमाडौं । श्रीलंकाको उड्डयन मन्त्रालयले विश्वको पहिलो विमान श्रीलंकामा निर्माण भएको दाबी गरेको छ । श्रीलंकाले पहिलो विमानको आविष्कारक रावण भएको भन्दै अनुसन्धान सुरु गर्न लागेको बताइएको छ । श्रीलंकन सरकारले एक विज्ञापन जारी गर्दै रावणकोबारेमा प्रमाण जुटाउने दस्तावेज सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ । विज्ञापनमा रावणले नै पहिलो विमान उडाएको दाबी गर्दै छ वर्षभित्र अनुसन्धान पूरा गर्ने भनिएको छ ।
रावणको विमान पुष्पक विमान भनेर मान्ने गरिएपनि श्रीलंकामा दांदु मोनारा नामको विमान रावणले उडाउने श्रीलंकामा विश्वास गरिन्छ ।
रावणले सेटलाइटजस्तै कुनै प्रविधि प्रयोग गरेको किंवदन्ती रहेको भारतीय मिडियालेसमेत जनाएको पाइन्छ । विगतमा पनि रावणका सम्बन्धमा श्रीलंकामा अनुसन्धान भएपनि अहिलेसम्म पुरातात्विक अनुसन्धानबाट प्रमाण जुट्न सकेको छैन । श्रीलंकामा रावणलाई दयालु स्वाभावको र विद्वान्को रुपमा लिने गरिन्छ ।

प्रतिक्रियाहरु