लेखक सङ्घद्वारा सङ्घर्षशीलका बुबाको निधनप्रति श्रद्धाञ्जली व्यक्त

२०७७ श्रावण ८ गते, बिहीबार


काठमाडौँ । अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले सङ्गठनका उपाध्यक्ष लम्जेल सङ्घर्षशीलका बुबा रेशबहादुर लम्जेलको ७८ वर्षको उमेरमा भएको असायमिक र दुःखद् निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । सङ्गठनको केन्द्रीय समितिका तर्फबाट महासचिव खोमा तरामु मगरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्घका उपाध्यक्ष, माक्र्सवादी कवि एवम् प्रबोध साप्ताहिकका प्रधानसम्पादक लम्जेल सङ्घर्षशीलका बुबा रेशबहादुर लम्जेलको निधन भएको खबरले मर्माहत बनाएको जनाएका छन् । विज्ञप्तिमा रेशबहादुर लम्जेल नेपालको पूर्वी क्षेत्रमा रहेर जातव्यवस्थाका विरुद्ध एवम् सामाजिक रूपान्तरण, समानता र न्यायका पक्षमा निरन्तर क्रियाशील आदरणीय व्यक्तित्व भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी वर्गका पक्षमा साहित्य, कला, संस्कृति र जनपक्षीय पत्रकारिताका क्षेत्रबाट अविचल कलम चलाउँदै आउनुभएका सहयोद्धा लम्जेल सङ्घर्षशीलका बुबा रेशबहादुर लम्जेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लम्जेल सङ्घर्षशीलले बुबाको निधनपछि काजकिरियाको परम्परावादी, अन्धविश्वासी, अपसंस्कार र अपसंस्कृति तोड्दै माक्र्सवादी शैली अपनाउनुभएको खबरले हामीलगायत सिङ्गो माक्र्सवादी सांस्कृतिक आन्दोलन लाभान्वित भएको जानकारी पनि गराउँछौँ ।’

प्रतिक्रियाहरु