लिरभपुलले उचाल्यो प्रिमियर लिगको ट्रफी

२०७७ श्रावण ८ गते, बिहीबार

काठमाडौं । गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई ५–३ ले हराएको छ । चेल्सीमाथि ५–३ को जित निकाल्दै लिरभपुलले आफ्नै मैदान एन्फिल्डमा प्रिमियर लिगको ट्रफी उचाल्यो । खेलको पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल थप्यो ।
उसका लागि नाबी केइता, ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड, जर्जिनिओ वहाल्दम, रोबर्टो फर्मिनो र अलेक्स एक्सलेड चेम्बरलिनले एक एक गोल गरे ।
पराजित टोली चेल्सीका लागि ओलिभर जिरु, ट्यामी अब्राहम र क्रिष्चियन पुलिसिकले एक एक गोल गरे । यसअघि नैं उपाधि जितिसकेको लिभरपुलले हिजोको जितपछि ट्रफी उचालेको छ । लिगमा एक खेल बाँकी छँदा लिभरपुलको ९६ अंक भएको छ । पराजित भएको चेल्सी ६३ अंकसहित चौथो स्थानमा झरेको छ । हिजोको अर्को खेलमा वेष्ट ह्याम युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
चेल्सी र म्यान्चेस्टर युनाईटेडको समान ६३ अंक भएपनि गोल अन्तरको आधारमा चेल्सी चौथो स्थानमा झरेको हो । लिगको अन्तिम खेलमा म्यान्चेस्टर युनाईटेडले लेष्टर सिटीसँग खेल्दा चेल्सीको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु