कोभिड १९ र रमिते सरकार

२०७७ श्रावण ४ गते, आईतवार
हस्तबहादुर केसी

चीनको वुहानमा उत्पन्न भई विश्व व्यापी रुपमा महामारीको रुपमा फैलिएर यसले आजसम्म विश्वभर लाखौंको संख्यामा मानिसको ज्यान गइसकेको छ । विश्व मानव संहारकारी कोभिड १९ को आौषधि (भ्याक्सिन) पत्ता लागि नसकेकाले सुदूर भविष्यसम्म जोखिम रहिरहने सम्भावनालाई नकार्न सकिँदैन । यस महामारीबाट विश्वव्यापी रुपमा यति ठूलो संख्यामा मानिसले ज्यान गुमाउनुको मुख्य कारण साम्राज्यवादमा गिरिसकेको पुँजीवाद रहेको छ । स्पष्ट कुरा के छ भने कोभिड १९ को संक्रमण र जोखिमबाट विश्वव्यापी रुपमा देश र जनताको संरक्षण गर्नुको मुख्य कारण पुँजीवादी व्यवस्था दलाल राज्य व्यवस्था भएकाले दलाल व्यवस्था जनताको निम्ति रमिते सरकार हुन्छ । दलाल व्यवस्था दलालहरु, नोकरशाहहरु, तस्करहरु, भ्रष्टहरु, माफियाहरु, काला बजारियाहरु, कमिशनखोरहरु, मुनाफाखोरहरु काला व्यापारीहरु, विचौलीयाहरु, ठेकेदारहरु, भूमाफियाहरु, मानव तस्करहरु, शैक्षिक माफियाहरु, शैक्षिक काला व्यापारीहरु, मेडिकल माफियाहरु, आौषधि माफियाहरु, घुसखोरहरु, जमिनदार र सामन्तहरुको सरकार भएकोले दलाल सरकारले जनताको र देशको माया गर्दैन, चाहेर पनि गर्न सक्तैनन् । किनकि सत्ता उनीहरू नभएकोले दलाल सरकार सञ्चालकहरु माथि उल्लेखित वर्ग र कुतत्वको नोकरको रपमा काम गर्ने भएकाले दलाल सरकार जनताप्रति उत्तरदायी नभए र तिनै माथि उल्लेखित सबै खाले माफियाहरुप्रति उत्तरदायी हुने भएकाले जनताको निम्ति रमिते हुन्छ । यसै कारणले गर्दा विश्व व्यापी रुपमा विश्व जनता र राष्ट्रहरुले अतुलनीय क्षति ब्यहोर्न बाध्य हुनु परेको छ । विज्ञानले हरेक समस्याको पछाडि विकल्प स्वीकार्दछ । माक्र्सवादी द्वन्द्ववादले हरेक वस्तु पछाडिको समस्या समाधानका लागि विकल्पलाई स्वीकार्दछ । त्यसो भएर विश्व मानव जातिको सामु खडा हुन आउने प्राकृतिक समस्या । मानवीय समस्या र वर्गीय मुक्तिका समस्याहरुको निराकरण र हल गर्नका लागि साम्राज्यवादमा गिरिसकेको पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवाद मात्र एक मात्र वैज्ञानिक विकल्प प्रमाणित भएको छ । यसको प्राप्तिका लागि विश्व मानव समुदाय विश्वसर्वहारा क्रान्तिमा लामबद्ध हुनुको विकल्प छैन । कोभिड १९ बाट नेपाल र नेपाली जनतामाथि पर्न गएको प्रभाव र असरका बारेमा संश्लेषण गर्न जरुरी हुन्छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ बाट नेपाल अछुतो हुन सक्ने कुरै भएन । गत २०७६ माघ २ गते रोजगारीमा गएका र मध्य, पूर्व (अरब) फर्केका एक युवामा गत २०७६ माघ २ गते कोरोना भाइरस एयकष्तष्खभ (सकारात्मक) भेटियो । उनी समयमै उपचार पछि निको भएर घर फर्किए । उता चीनको वुहानमा कोरोना संक्रम फैलिँदै गयो र सैयौँको ज्यान जान थाल्यो । त्यसले चीनको वुहानमा अध्ययनरत नेपाली विद्यार्थीहरुमा पनि संक्रमणको भयावह बढ्दै गयो । नेपाल सरकारले वुहानबाट चार्टर विमानद्वारा १७५ जना नेपाली विद्यार्थीहरु नेपाल फिर्ता ल्याएर भक्तपुरको खरिपाटीमा १४ दिने क्वारेन्टाइनमा राख्यो । ती सबै विद्यार्थीहरुमा कोरोना संक्रमण नभेटिएपछि सबैलाई घरतिर फिर्ता गरियो । यो सबैलाई जानकारी भए कै कुरा हो । अर्कोतिर २०७६ चैतको पहिलो सातातिर फ्रान्सबाट काठमाडौँ फर्किएकी एक १९ वर्षीय युवती र बेल्जियमबाट नेपाल फर्किए कि बाग्लुङकी एक ६५ वर्षीय महिलामा कोरोना भाइरस एयनभतष्खभ (सकारात्मक) भेटिने बित्तिकै ओली नेतृत्वको दलाल सरकारले २०७६ साल चैत ११ गतेदेखि नेपालमा कडा रुपमा ीयअपमयधल (बन्दाबन्दी) गरेको कुरा पनि सर्वविधितै छ । त्यस पछि यातायात, अड्डा अफिस, कलकारखाना, शिक्षण संस्था, बजार सम्पूर्ण रुपमा बन्द हुन पुगे र देशमा संकटकालमा जस्तै बन्द हुन पुग्यो । एकातिर दलाल सरकारले देश भित्र लकडाउनलाई त कडाई त ग¥यो अर्कोतिर चीन हुँदै युरोप, अमेरिकालगायत संसारभर एउटा भयंकर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव नेपालको छिमेकी मुलुक भारतमा डढेलो लागे झैँ गरी फैलियो । नेपाल (भारतबीच सीमा खुला भए कै कारण नेपाल भारत आवत–जावतका कारण भारततिरबाट कोरोना संक्रमण फैलिन सक्ने जोखिमका बारेमा यस विषयमा जानकारी राख्ने विज्ञहरूको सुझाव र सल्लाहलाई दलाल सरकारले रद्दीको टोकरीमा फ्याँक्दै अगाडि बढ्यो ।

भारततिरको नाका भएर नेपालको वीरगञ्ज, कपिलवस्तु, नेपालनञ्ज आदि जिल्लाहरु भएर नेपाल र भारतका मुस्लिम धर्मावलम्बीहरु नेपाल भित्रिएर वीरगञ्ज, रौतहट, उदयपुर, कपिलवस्तु, नेपालगञ्जका कैयौं मस्जिदहरुमा लुकिछिपी बसिरहेका मुस्लिम धर्मावलम्बीहरुबाट नेपालमा ब्यापक रुपमा कोरोना भाइरल भइसक्दासम्म पनि दलाल सरकार थाहै नपाएजस्तो गरी चुप लागेर बसिरह्यो । एकातिर ती जिल्लाहरुमा व्यापक रुपमा कोरोना संक्रमण फैलिसकेको थियो भने अर्कोतिर हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरु जो रोजगारीको निम्ति लाखौंको संख्यामा छिमेकी देश भारतमा जानु भएको थियोे, उहाँहरुमा अर्कातिर भारतमा संक्रमण व्यापक रुपमा फैलिन थाले पछि र भारतमा रोजगारी गुमाउन पुगेका नेपाली मजदुरहरु पनि जोखिमको भयावहमा परेर आतंकित भएर खुला सिमानाको प्रयोग गर्दै लाखौंको संख्यामा नेपाल कोरोना भाइरस बोकेरै विवश भएर नेपाल भित्रिना थाले, त्यतिबेलासम्म दलाल सरकारले कुनै वास्ता नै गरेन, जब नेपालमा उनीहरूबाट नेपाली समाजमा कोरोना फैलिसके पछि मात्रै भारतीय सीमा सिल ग¥यो र नेपाल भित्रिनका लागि सिमानामा आइपुगेका लाखौं नेपाली मजदुर दाजुभाइ, दिदीबहिनीहरुलाई आफ्नो देश नेपाल पस्न कडाइ गरेर विचल्ली पारेको कुरा पनि सबैलाई जानकारी भइसके कै कुरा, जतिबेला नेपालमा कोरोना संक्रमण व्यापक रुपमा फैलिसकेको थियो । त्यति मात्र होइन, दलाल सरकारले अर्को कुरा केसम्म ग¥यो भने नेपाल भित्रिएका र नेपाल मै संक्रमित भइसकेकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र कोरोना विरामीहरुलाई आइसोलेशनमा राख्ने गफ त हाक्यो तर पनि कतै पनि ध्ज्इ को मापदण्डअनुसारका कतै पनि क्वारेन्टाइन र आइसोलेशनहरु बनाएन । मानिसहरुलाई भेडाबाख्रा र गाईभैंसी हुल्ने गोठहरुजस्ता गोठहरुमा हुल्यो र जनतालाई विजोग तुल्याएर सास्ती खुवायो ।

दलाल सरकारले यस्तो किन गर्न पुग्यो त भन्ने प्रश्न खडा हुन आउँछ ? यसको मुख्य कारणचाहिँ दलाल सरकार जनताप्रति जवाफदेही नभएर रमिते सरकार हुन्छ । दलाल सरकारको चरित्र नै यस्तै हुन्छ, यस विषयमा माथि पनि धेरै चर्चा र उल्लेख गरिएको छ । अर्कोतिर दलाल सरकारले कहाँसम्म ग¥यो भने कोरोना रोकथामका लागि चीनबाट आौषधिजन्य सामान खरिदका लागि ओम्नी नामको नक्कली कम्पनी खडा गरेर सरकारका उपप्रधानमन्त्री तथा कोरोना संक्रमण नियन्त्रणको सरकारी संयन्त्र एमसिसिएका प्रमुख ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रत्येक्ष संलग्नतामा करोडौंको खुलेआम भ्रष्टाचार गरियो । ती भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारवाही गर्नुको बदला प्रधानमन्त्री केपी ओली ती भ्रष्टाचारीहरुलाई बचाउन र संरक्षण गर्नतिर खुलेआम लागे र त्यस विषयमा लेख्ने पत्रकारहरुलाई कारवाही गर्ने धम्की दिँदै हिँड्ने गरे भने अर्कोतिर स्वास्थ्य मन्त्रालयका भ्रष्टहरुको पोल खोलिदिने डाक्टर र कर्मचारीहरुलाई धमाधम कारवाही गरियो । यो नै दलाल सरकारको चरित्र थियो र यसले दलाल सरकारलाई उदाङ्गो पनि पार्ने काम ग¥यो ।

यति मात्र होइन, एकातिर क्वारेन्टाइनहरु अवैज्ञानिक र अव्यवस्थित गराइएका कारण कैयौं संक्रमित युवाहरु क्वारेन्टाइन भित्रै आत्महत्या गरेर मर्न बाध्य भए । उल्टै त्यहाँ अरु रोगका विरामी बढेर अकालमै ज्यान हाल्न बाध्य भए । त्यही क्वारेन्टाइन भित्रै कैयौं महिलाहरु बच्चाहरु जन्माउन बाध्य भए भने क्वारेन्टाइन भित्रै महिलाहरुले सामूहिक बलात्कृत हुन पुगे र दलाल सरकार बलात्कारीहरुलाई कारवाही गर्नुको सट्टा संरक्षण गर्नतिर लाग्यो । क्वारेन्टाइनमा राखिएकाहरुलाई राम्रो खाना र बस्ने व्यवस्थासमेत गरिएन । मानवीय व्यवहार समेत गरिएन । यसो गरिनुको प्रमुख कारण दलाल सरकार हुनु हो । अर्कोतिर दलाल सरकारले राहत वितरणमा पनि व्यापक धाँधली र पक्षपात गरियो । कुहिएको, सढे–गलेको दाल–चामल र खाद्य वस्तु वितरण गरियो । त्यसमा, राहत वितरणको निहुँ बनाएर दलाल सरकारले अरबौंको भ्रष्टाचार गरियो । कतै छानविन पनि गरिएन र भ्रष्टहरु एकजनालाई पनि कारवाही गरिएन । यसो हुनुमा दलाल सरकारको चरित्रले गर्दा हो । एकातिर कोरोना संक्रमणको त्रासले नेपाली जनता त्राही–त्राहीमा परिरहेको अवस्था रह्यो भने अर्कोतिर सत्तारुढका दलालहरु कोरोना संक्रमण नियन्त्रणका लागि देश विदेशबाट प्राप्त भएको रकममाथि व्यापक रुपमा भ्रष्टाचार गर्न र दुरुपयोग गर्नतिर लागे सत्ताधारी वर्ग र दलाललाई कोरोनाका नाममा दशैँ–तिहार नै आयो ।

कोरोनाका कारण धनीहरु धेरै धनी बन्दै जाने र गरीब झनै गरीब बन्दै जाने क्रम बढेर गयो । यो वातावरण दलाल सरकारले बनाएको हो । यो क्रम अरु बढेर गएको छ । एकातिर कोरोनाका कारण मुलुक छ महिना पहिलेदेखि ीयअपमयधल (बन्दाबन्दी) को बन्दी बन्दै आएको छ र मुलुकक बन्दव्यापार, शिक्षा, रोजगार हरेक क्षेत्र डामाडोल भएको छ । मान्छे साँझ–विहान के खाने र कसरी बाँच्ने ? भनेर आक्रन्त भइरहेका छन् भने अर्कोतिर सत्तारूढ पार्टी नेकपा भित्र महिनौंदेखि सत्ता लुछाचुँडीको कुकरे कलह (कुइएको सिनोको बिलो लुछाचुँडी अरु चुच्चिएको छ ।

“अरुलाई अरुकै रन्को घर ज्वाँलाई खानैको रन्को” भने झैँ एकातिर कोभिड–१९ को संक्रमणको भयावहले नेपाली जनता त्राही–त्राहीमा परिरहेका छन् भने अर्कोतिर सत्तारूढ पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सत्ता लुछाचुँडी (कुकुरे कलह) अर्थात् बिलोको लुछाचुँडीले देश दुनियाँहरुलाई हसाइरहेका छन् । स्वाभिमानी जनताको लागि योभन्दा अरु लज्जाको विषय के हुन सक्छ र !

कोरोनालाई निहुँ बनाएर सत्ताधारी दलालहरुले जनतालाई गुमराहमा पारेर सत्ता लुछाचुँडीमा लागेर जनताको आक्रोशलाई अन्यत्र मोड्ने षड्यन्त्रमा केपी ओली र प्रचण्ड ज्यान फालेर लाजै नमानी लागिपरेका छन् । साथै कोभिड–१९ को जोखिम र बाढी–पहिरोले मुलुक आक्रान्त बनिरहेको छ र कोभिड–१९ को संक्रमणबाट ३८ जनाको ज्यान गइसकेको छ । बाढी पहिरोबाट दर्जनौं नागरिकहरुको ज्यान गइसकेको छ । अत्यन्तै ठूलो धनजनको क्षति भइसकेको छ भने सत्तारूढ नेकपा र त्यसका दलाल नेताहरु (केपी–प्रचण्ड) सत्ता लुछाचुँडी (कुकुरे कलह, बिलोको लडाइँ) मा जनताका गम्भीर प्रकारका समस्याहरुलाई एकातिर पन्छाएर सत्ता लुछाचुँडीमा ज्यान फालेर लागिपरेका छ ।

बन्दाबन्दीका कारण मुलुकको अर्थतन्त्र डामाडोल बनेर नाजुक बन्न पुगेको छ । दलाल सरकारले छ खर्ब, ५० अर्ब बेरुजु रहेको लाजै नमानी भर्खरै मात्र सार्वजनिक गरेको छ । केन्द्रीय सरकार र प्रदेश सरकारहरु प्रतिस्पर्धात्मक तरिकाले सरकारका मन्त्री, कर्मचारी, स्थानीय तहका जनप्रतिनिधिहरुको ५० प्रतिशतभन्दा बढी सुविधा बढाइरहेका छन् । जनताले बिरामी पर्दा एक ट्याब्लेट किन्न सकेका छैनन् भने यता राष्ट्रपति विद्यादेवी भण्डारी भने कार्यालयमा करोडौँ मूल्यको रातो कार्पेट विछ्याउन कम्मर कसेर लागेको घटना मात्र दलाल सरकार गति जनविरोधी रहेको छ भन्ने प्रमाणित हुन पुगेको छ । जनतालाई भेडाबाख्रा तुल्याउँदै आएको ओली सरकारको विकल्प मात्र होइन, यो संसारमै असफल भैसकेको संसदीय व्यवस्थाको विकल्प खोज्नुको विकल्प छैन नेपाली जनतासित ।

नेपाली जनताले देख्दै आएको नयाँ नेपाल निर्माणका सपनाहरू पूरा गर्न र नेपाली जनताका प्राकृतिक तथा मानवीय समस्याहरु वैज्ञानिक ढंगले हल गर्न सामाजिक मुक्तिका लागि वैज्ञानिक समाजवादको विकल्प छैन । वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नेपाली जनताका चाहनाहरु पूरा गर्नका लागि कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु