भारतमा नेपालीमाथि ज्यादती !

२०७७ श्रावण ३ गते, शनिबार


काठमाडौं, ३ साउन । भारतीयहरुले त्यहा रहेका नेपालीमाथि आपराधीक ज्यादती शुरु गरेका छन् । नेपाल र भारतबीच सीमाबाट शुरु भएको विवाद अयोध्या र भगवान रामको बिषयमा समेत प्रवेश गरे पछि नेपालीमाथि आपराधीक ज्यादती शुरु भएको हो । प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको भनेर अभिव्यक्ति दिएको बिरोधमा अतिवादी हिन्दु भारतीयहरुले नेपालीहरुलाई ज्यादती गर्दै उनीहरुको कपाल मुडेर टाउकोमा जय श्रीराम् लेखिदिएर नाराबाजी गर्न बाध्य पारेका छन् ।
सामाजिक सञ्जालमा भाईरल बनिरहेको भिडियोमा देखिए अनुसार विश्व हिन्दु सेना नामक अतिवादी संगठनका कार्यकर्ताले नेपालीहरुलाई जबरजस्ती कपाल मुडेर नाराबाजी गर्न लगाएका छन् । अमानवीय व्यवहार नेपालीमाथि गरेका ती उत्श्रृखल हिन्दुवादीहरुले नेपालका प्रधानमन्त्री ओली बिरुद्ध पनि नाराबाजी गरेको देखिन्छ ।
सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु