सरकार असफलता ढाकछोप गर्न दमनमा उत्रियो : जनप्रगतिशील मोर्चा साउदी

२०७७ श्रावण २ गते, शुक्रबार


काठमाडौँ , २ साउन । नेपाली जनप्रगतिशील मोर्चा साउदीले कोरोना महामारी र बाढि पहिरोले जनताको जनजीवन कस्टकर बनिरहेको बेला नेपाल सरकार भने नेकपाका नेता कार्यकर्ता गिरफ्तार गर्नतिर लागेको भन्दै आक्रोस ब्यक्त गरेको छ । जनप्रगतिशील मोर्चा साउदीका अध्यक्ष युवराज कार्की ‘शेखर’ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा राजनैतिक गतिविधि गरिरहेका नेकपाका नेता ओमप्रकाश पुन र महिला नेतृ पूर्णिमा धामीलाई गिरफ्तार गरेको भन्दै आक्रोस ब्यक्त गरेका छन् । वर्तमान सरकार आफ्नो असफलता ढाकछोप गर्न र देशमा भइरहेको भ्रष्टाचार र बेथितिले गर्दा जनताबाट नाङ्गीने डरले क्रान्तिकारी पार्टीमाथि दमन गर्नतिर लागेको कुरा विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु