आजपनि भारी वर्षा हुने सम्भावना !

२०७७ असार २८ गते, आईतवार

काठमाडौं, २८ असार । मौसम पूर्वानुमान महाशाखाले आजपनि मुलुकका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभागनजिक रहेको कारण विशेषगरी प्रदेश १, प्रदेश २, बागम्ती प्रदेश लगायत अन्य भूभागका केही भागमा मेघ गर्जनसहित भारी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले सूचित गरेको छ । आज बिहानै देखि काठमाडौं उपत्यका सहित मुलुकका धेरै भूभागमा वर्षा भैरहेको कारण बाढी पहिरो तथा भू क्षयको खतरा रहेकाले पूर्व सजग रहन महाशाखाले अपिल गरेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका भूभागमा केही कम वर्षा हुने तर गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशको एक\दुई स्थानहरुमा भारी वर्षा हुने मौसमविदहरुरले अनुमान गरेका छन् । त्यस्तैगरी आइतबार राति पनि मुलुक भर समान्य बदली रहेने बताइएको छ । मौसम बदलीका कारण धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसक्रममा विशेषगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेशको केही ठाउँमा भारी वर्षाको सम्भावना हुने विभागले जनाएको छ । भुलुकका धेरै क्षेत्रमा केही दिनदेखिकाे अविरल वर्षाका कारण बाढी र पहिराेले ठूलाे भाैतिक तथा मानवीय क्षति भैरहेकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार