देशभर भारी बर्षा हुन सक्ने : सतर्क र चनाखो रहन आग्रह

२०७७ असार २५ गते, बिहीबार

काठमाडौं , २५ असार । मौसम पुर्वानुमान महाशाखाले आजदेखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । महाशाखाले भारी बर्षासंगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म पुग्नसक्ने पूर्वानुमान गरेको छ ।
यसैबीच, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले प्रेस नोट जारी गर्दै प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको छ । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ । प्राधिकरणले यी चार प्रदेश बाहेक प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु