देशभक्त ,प्रगतिशिल र बौद्धिक समूदायद्धारा एमसिसि खारेजीको माग

२०७७ असार १६ गते, मंगलवार


काठमाडौँ , १६ असार । देशभक्त ,प्रगतिशिल र बौद्धिक समूदायले राष्ट्रिय हित र सुरक्षा विपरीतको एमसीसी खारेजीका लागि संयुक्त अपिल गरेका छन । उनीहरुद्वारा जारी अपिलमा ‘ राष्ट्रिय हित र सुरक्षा विपरित सम्झौता गरिएको एमसीसी जस्तो घातक सम्झौतालाई कुनै पनि हालतमा पारित नगर्न आफैले चुनेर पठाएका सांसदज्यूहरूलाई अनुरोध गरौँ, दबाब दिऔँ र साथै यसलाई पूरै रद्ध गर्न सरकारसँग जोडदार माग गरौँ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको एउटै आवाज बनाऔँ, राष्ट्रघाती एमसीसी प्रस्ताव खारेज गराऔँ ” उल्लेख गरिएको छ ।
राष्ट्रिय जीवनका महत्वपूर्ण र लब्धप्रतिष्ठित वाम तथा प्रजातान्त्रिक व्यक्तित्वहरु, देशभक्त प्रगतिशिल बौद्धिक समूदायहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, डाक्टर, ईन्जिनियर, वकिल लगायत १९३ जनाले गरेको संयुक्त अपिल यस परका रहेको छ – ” हाम्रो देश एक स्वाधीन, स्वतन्त्र, सार्वभौम र तटस्थ मुलुक हो । यो अहिलेसम्म कसैको उपनिवेश भएको छैन र कुनै अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा पनि समावेश भएको छैन । इतिहासमा यसमाथि उत्तर तथा दक्षिणतिरबाट पनि कैयन आक्रमणहरू भए, तर हाम्रा पुर्खाहरूले वीरतापूर्वक लडेर देशको स्वतन्त्रता र अस्मिताको रक्षा गरिरहे । सबैभन्दा पछि शक्तिशाली बेलायती साम्राज्यवादीसँगको लडाइँमा हजुरबाउदेखि नातिसम्म र महिलादेखि बालबालिका सम्मले ठूलो बलिदान गरेर यस मुलुकलाई पराईको अधीनमा जानबाट बचाए । यसैले हामी कहिल्यै कसैको अधिनमा गएनौँ । हामी आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकतालाई जति माया गर्छौँ, अन्य मित्र राष्ट्रहरूको स्वाधीनता र सार्वभामिकताको त्यत्तिकै सम्म्मान र आदार पनि गर्छौ । असंलग्नता र पञ्चशील हाम्रो परराष्ट्रनीतिको मूल आधार हो । हामी हाम्रा दुई छिमेकी मुलुक भारत र चीनसँग मात्र होइन, संसारका जुनसुकै देशसँग पनि अहस्तक्षेप, शान्ति, समानता, मित्रता र पारस्परिक लाभको आधारमा सम्बन्ध स्थापित गर्न चाहन्छौँ । हाम्रो देशमा मुख्यतः दुई फरक दर्शन–दृष्टिकोण भएका राजननीतिक शक्तिहरू छन । एउटाले पश्चिमी यूरोपमा विकसित संसदीय प्रणाली र प्रतिस्पर्धात्मक सामाजिक ढाँचामा विश्वास गर्छ, जसको नेतृत्व नेपाली कांग्रेसले गर्छ । अर्काले कार्लमाक्र्सद्वारा प्रतिपादित समाजवाद हुँदै साम्यवादी समाजमा पुग्ने दर्शनमा विश्वास गर्दछ । यसको नेतृत्व नेपालका कम्युनिष्ट तथा वामपन्थी समूहरूले गर्दछन् । यी दुवै थरी राजनीतिक संगठनहरूका मूल नीति, नारा र कार्यक्रममा राष्ट्रियतालाई पहिलो स्थान दिइएको छ । नेपाली कांग्रेसको मूल नारा “राष्ट्रियता, प्रजातन्त्र र समाजवाद” छ । त्यसरी नै नेपाली कम्युनिष्टहरूको मूल नारा “राष्ट्रियता, जनतन्त्र र जनजीविका” छ । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा सत्तामा छ र नेपाली कांग्रेस प्रतिपक्षमा । अरू केही वाम वा कम्युनिस्ट घटक बाहिर छन् र एमसीसी सम्झौताको विरोध गरिरहेका छन् ।

तर आज दुःखद् आश्चर्यको कुरा के हुँदैछ भने राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पारित गर्न जोडबल भै रहेको छ । यदि यसो भयो भने नचाहँदा नचाहँदै पनि भविष्यमा हाम्रो देश विश्वका शक्तिशाली मुलुकहरूको युद्ध मैदान बन्नेछ र हामीले ईराक, अफगानिस्तानको जस्तो दुर्दशा भोग्नुपर्ने छ ।
यो एमसीसी परियोजना सैनिक रणनीतिक उद्देश्यअन्तर्गत गरीब तथा विकासोन्मुख मुलुकको लागि भन्दै अमेरिकाले अघि सारेको आर्थिक सहायता कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालमा ५० करोड डलर या करिब ५५ अरब रूपैयाँ ल्याउनेछ र नेपाल सरकारले मिसाउने १३ अरब रूपैयाँ राख्ने छ । यसरी जम्मा हुन आउने करिब ७० अर्ब रूपैयाँ ५ वर्षभित्रमा काठमाडौंदेखि भारतको गोरखपुरसम्मको विद्युत प्रसारण लाइन १०० किमि सडक विस्तारमा खर्च गर्नुपर्नेछ । सरसरी हेर्दा हामीलाई के लाग्न सक्छ भने ओ हो यत्रो ठूलो आर्थिक सहयोग । यो त निकै राम्रो योजना रहेछ, फेरि विरोध किन गरेको होलान् ? । तर वास्तविकता के हो भने यसको विरोध भनेको अमेरिकाको विरोध पनि होइन र विदेशी सहयोगको विरोध त झन् हुँदै होइन । यससँग जोडिएर आउने शर्तहरूको मात्र बिरोध हो । केही शर्तहरू यस्ता छन् जसलाई स्वीकार गर्ने हो भने हाम्रो स्वतन्त्रता र स्वाभिमान अनि संविधान र कानूनको ठाडो उल्लङ्घन हुन जानेछ । यो रकम अमेरिकाले छानेका योजनामा मात्र खर्च गर्नुपर्नेछ, खर्चको हरहिसाब अमेरिकाले मात्र राख्न पाउनेछ, त्यसबापत कुनै पनि प्रकारको कर तिर्न पर्नेछैन र त्यसमा नेपालले सोधपुछ गर्न पनि पाउने छैन । कर्मचारी नियुक्ति र खटनपटन सबै अमेरिकाले गर्नेछ, कसैले अपराधै गरे पनि नेपालले त्यसलाई केही गर्न सक्ने छैन । काम गर्दा नेपाली कानून र अमेरिकी कानून बाझिएको खण्डमा अमेरिकी कानून नै लागू हुनेछ । नेपालमा रहेका जडीबूटी र महत्वपूर्ण युरोनियम लगायत खनिज सम्पदाहरूलाई अमेरिकाले आफ्नो नाउँमा दर्ता गर्नेछ । योजनाको सुरक्षाको लागि अमेरिकी सुरक्षा टोली या सैन्य दस्ता योजना स्थलमा राख्नेछ । परियोजना क्षेत्रका जÞमीन एम.सी.सी.को अधीनमा जाने र परियोजना अवधि पछि पनि ती ठाउँहरू एम.सी.सी.ले नै उपभोग गरिरहने प्रावधान पनि प्रष्ट आएको छ ।
त्यस्तै अन्य धेरै कुरा छन्, जसले हामीलाई अमेरिकी स्वार्थ र नियन्त्रणभित्र बिस्तारै छिराउँदै लैजानेछ । अमेरिकाले अष्ट्रेलियादेखि लिएर बर्मा, थाईल्याण्ड, भारत, पाकिस्तान, बंगलादेश आदि मुलुकलाई समेटेर एउटा सैनिक साझेदारीको सञ्जाल तयार गरिरहेको छ, जसलाई छोटकरीमा आइपीएस वा इण्डो–प्यासिफिक रणनीति कार्यक्रम भनिन्छ । यसको मूल उद्देश्य नै यस क्षेत्रमा अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने हो । अहिले विश्वमा सबैभन्दा ठूलो प्रतिस्पर्धा चीन र अमेरिकाको बीचमा चलिरहेको छ । हामी विश्वका कुनै पनि मुलुकसँग शत्रुता मोल्न चाहँदैनौँ र कुनै एकको विरुद्ध अर्कालाई प्रयोग गर्न पनि चाहन्नौँ । अमेरिकाले विभिन्न संयन्त्र वा दूतावासमार्फत निकै जोडबल गर्नु वा अप्रत्यक्ष धम्क्याउनुले पनि नियतमा प्रष्ट समस्या देखिएको छ । विश्वका कुनै पनि देशसँग हाम्रो शत्रुता छैन । यदि हाम्रो कोही शत्रु छ भने त्यो हामीभित्रैको गरीबी, अशिक्षा, शोषण, दमन, भ्रष्टाचार, अन्याय, अन्धविश्वास, सामाजिक विभेद आदि हुन् । हामी समाजमा भएका धनी–गरीब, नोकर–मालिक, सानोजात– ठूलोजात जस्ता सम्पूर्ण भेदभावबिरुद्ध लडेर न्याय र समानतामा आधारित समाज निर्माण गर्न चाहन्छौँ, तर छिमेकी देश चीन र भारतसँगको सम्बन्धमा कहीँ समस्या भए पनि हामी आफै वार्ता र सम्बादका माध्यमबाट समाधान गर्न सक्छौँ । हामी हाम्रै ढङ्गले र आफ्नै बुतामा देश निर्माणको संघर्षमा लागिरहन्छौँ । त्यसैले चाहे आर्थिक अनुदान र विकासको नाउँमा होस्, चाहे अर्को कुनै पनि निहुँमा होस्, बाह्य घुसपैठ र हस्तक्षेप हामीलाई स्वीकार्य छैन । राष्ट्रिय हित र सुरक्षा विपरित सम्झौता गरिएको एमसीसी जस्तो घातक सम्झौतालाई कुनै पनि हालतमा पारित नगर्न आफैले चुनेर पठाएका सांसदज्यूहरूलाई अनुरोध गरौँ, दबाब दिऔँ र साथै यसलाई पूरै रद्ध गर्न सरकारसँग जोडदार माग गरौँ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको एउटै आवाज बनाऔँ, राष्ट्रघाती एमसीसी प्रस्ताव खारेज गराऔँ ।
यसैको खारेजीका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण र लब्धप्रतिष्ठित वाम तथा प्रजातान्त्रिक व्यक्तित्वहरु, देशभक्त प्रगतिशिल बौद्धिक समूदायहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, डाक्टर, ईन्जिनियर, वकिल लगायतको संयुक्त अपिल सार्वजनिक गरिएको हो । ”
संयुक्त वक्तव्य जारी गर्नेहरु : लोककृष्ण भट्टराई, बोर्णबहादुर कार्की, डा.मथुराप्रसाद श्रेष्ठ, .स्वनाम साथी, .नारायण शर्मा, लक्ष्मीभक्त उपाध्याय, .डा. भरत प्रधान, .गौरी प्रधान, .मोहनचन्द्र अधिकारी, .लोकनारायण सुवेदी, मोदनाथ प्रश्रित, . सीताराम तामाङ्सहित.श्रीकृष्ण श्रेष्ठ,.अमर गिरी ,अच्युत ज्ञवाली , अमर कार्की , अम्बिका प्रसाद थैब , आमोद अधिकारी ,दुर्गाप्रसाद वस्ती ,.पदम सिवाकोटी , ईश्वरकुमार पिया , ईश्वर श्रेष्ठ ,एकलाल श्रेष्ठ , .कलाधर पौडेल , .कमानसिंह लामा , .कमल कोइराला , कमला अमात्य , कपिल आचार्य , किशनशर्मा गैरे , .कुन्ता शर्मा , के.बी खड्का , कौशल अधिकारी , केशव खड्का , केशवराज खड्का , .केशरमणि पोखरेल , कृष्ण आचार्य , कृष्ण भुजेल , .खड्गबहादुर गुरुङ , गणेश बहादुर अधिकारी , .गोपाल गिरी , गोपालमणि गौतम , गोपीरमण उपाध्याय , गोविन्द आचार्य, गोविन्द ज्ञवाली , गोविन्दराज ज्ञवाली , गोविन्दसिंह थापा , गुणराज गौतम , गौरी प्रधान , घनश्याम शर्मा पौडेल , चतुरमान सुनार , चित्रबहादुर आले , चन्द्रा उदासी , छायादत्त न्यौपाने , जगत बहादुर के.सी. , जनक तिवारी , जनार्दनबाबु कट्टेल , जयनारायण नेपाल , .जीवन शर्मा , ज्योतिलाल वन , टेकनाथ बराल , ठाकुर चापागाईं , ठाकुर प्रसाद देवकोटा , डा.वेद क्षेत्री , डा.चन्द्रकान्त ज्ञवाली , डा.राममान श्रेष्ठ , डा.सरोज धितााल , .डा विष्णुहरि पण्डित ,डा अर्जुन प्रसाद तिवारी , .डिल्लीजंग गुरुङ , तेजराज खतिवडा , तिलक पराजुली , वेदराज ज्ञवाली , दिपेन्द्र बहादुर क्षेत्री , .देवेन्द्र तिम्ला , देवराज पौडेल , नन्दनकुमार अर्याल , नानीमैया अधिकारी , नानीमैया नकर्मी , नारायण आचार्य , नारायणप्रसाद रेग्मी , नारायण सन्जेल , नन्दलाल बन्जाडे , नरेन्द्र खनाल , .नरेन्द्रजंग पिटर , .निनु चापागाईं , नीलकण्ठ तिवारी , नेत्रपाणि गौतम , निरेश शर्मा , प्रेमलकुमार खनाल , .प्रा. प्रेमराज न्यौपाने , प्रमोद धिताल , फणिन्द्र आचार्य , .बद्रे आलम , बद्रीप्रसाद खतिवडा , बलभद्र भारती , बालकृष्ण श्रेष्ठ , बिन बहादुर कुँवर , बेदनिधि निरौला , भैरव रिसाल , भरत शर्मा , .भरत गौतम ,.भीमप्रसाद गौतम , भीमसेन कुमार गौतम , महेन्द्र बुढाथोकी , माधव मरहट्ठा , मातृका पोखरेल , माधव कोइराला , .महालक्ष्मी श्रेष्ठ , महेश्वर थारु , महेश्वरमान श्रेष्ठ मित्र शर्मा पौडेल , मित्र दवाडी , मोहन बहादुर के.सी. , .मोहन के.सी , मुक्ता श्रेष्ठ , मुकुन्द आचार्य ,.मीना शर्मा , मुरारी कार्की , .यादव उपाध्याय ,युवराज पन्थी , रमण कुमार श्रेष्ठ(ब.अ) , .प्रा.राजेन्द्र सुवेदी , रामेश्वर लामिछाने , .रामएकपाल यादव , रामबहादुर अधिकारी , रामबहादुर भण्डारी , रामप्रसाद श्रेष्ठ(ब.अ) , .रामसिंह श्रीस , रामसिं रावल , रामचन्द्र भण्डारी, रामचन्द्र भटराई , रामचन्द्र चापागाईं।, रामकुमार बान्तवा , राममणि पोखरेल , रामप्रसाद भुसाल , रामराज रेग्मी , रत्नमान तुलाधर , लक्ष्मण पाण्डे , लक्ष्मण कुँवर , लेखनाथ गुरागाईं , लोकप्रसाद भूर्तेल , वसन्त गौचन , वसन्तलाल श्रेष्ठ , वासुदेव गौतम , वेदराज ज्ञवाली , विमल शर्मा , .विष्णु बहादुर वाइबा , विष्णु घिमिरे , विष्णुरमण खरेल , सरस्वती शर्मा , .महादीप पोखरेल , समिर सिंह, सरोज पौडेल , .डा. सरोज धिताल , सावित्रि भण्डारी , सावित्रि भट्टराई , सुर्य मगर , सिद्धिलाल सिंह , स्नेहलता श्रेष्ठ , सोमप्रसाद गौचन , सोमत घिमीरे , सुकन्या वाइबा , .सीताराम घले परियार , शम्भु श्रेष्ठ , .शंकरप्रसाद सुवेदी , शान्तदाश मानन्धर , प्रा. हिमलाल पुरी , शरद वन्त , शारदारमण नेपाल , शशिलाल राई , शोभा दुलाल , शंकर दुलाल , शेषमणि शर्मा , शिव अधिकारी , शिवशंकर पौडेल , शुरेस कार्की, शुशीलचन्द्र अमात्य , श्याम श्रेष्ठ , श्यामकृष्ण कोजु ,.हरि रावत , हरि उप्रेती(ब.अ) , हरि रोका , हर्ष स्याङ्बो , हस्त बहादुर के.सी. , हस्त बहादुर मगर , .हरीहर खरेल , हिराप्रसाद नेपाल , हिरामणि खनाल , हिरालाल चौधरी, राजेन्द्र देशभक्त , केदारनाथ गौतम ,.भरत सिग्देल, विश्वनाथ प्याकुरेल रमेश सुनुवार ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार