डिसेम्बरदेखि कोरोनाविरुद्ध खोप उपलब्ध हुने

२०७७ जेष्ठ ३२ गते, आईतवार

काठमाडौँ , ३२ जेठ । युरोपियन संघमा आबद्ध देशका जनताका लागि आउँदो डिसेम्बरसम्म ४० करोड डोज खोप उपलब्ध गराउने गरी इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डले बेलायतको बायो फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकासँग सम्झौता भएको छ । यो सम्झौता भएसंगै युरोपेली मुलुकका नागरिकले अबको ६ महिनाभित्र कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् ।
एस्ट्राजेनेकाका प्रमुख एक्जिक्युटिभ पास्कल सारियाले सन् २०२० को अन्तिमसम्म पहिलो चरणको खोप वितरण सुरु भइसक्ने जनाएको छ । एस्ट्राजेनेकाले उत्पादन बढाउने प्रयासमा लागिरहेको जनाउँदै यो खोप बिना मुनाफा आपूर्ति गरिने जनाएको छ ।
यसअघि सो कम्पनीले अमेरिकालाई ३० करोड डोज उपलब्ध गराउने सम्झौता गरिसकेको छ । एस्ट्राजेनेकासँग मिलेर बेलायतको अक्सफोर्ड यूनिभर्सिटी कोरोना भाइरसको खोप बनाउन काम गरिरहेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार