बहराइनमा १२६ जना नेपाली कोरोना संक्रमित

२०७७ बैशाख १७ गते, बुधबार

काठमाडौं, १७ वैशाख । बहराइन स्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित देखिएको बताएको छ । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिएसंगै संक्रमित नेपालीको संख्या १२६ पुगेको छ ।
बहराइन अधिराज्यमा २८ अप्रिल अर्थात मंगलबारसम्म एक लाख २१ हजार २६० जनामा कोरोना संक्रमण परीक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या १५ सय ५६ जना रहेकोमा दुई जना गम्भिर अवस्थामा रहेको दूतावासले बताएको छ । संक्रमणबाट निको भई एक हजार २४६ डिस्चार्ज भएका छन् । साथै मृतकको संख्या आठ पुगेको छ ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका परराष्ट्र मन्त्रालयका अधिकारीहरु संग कुराकानी गरेको दूतावासले जानकारी दिएको छ । कोरोनाको संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु