आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु

२०७७ बैशाख ८ गते, सोमबार

काठमाडौं, ८ बैशाख । राष्ट्रिय योजना आयोगमा बजेटको नीतिगत तथा कार्यक्रममाथि छलफल सकिएपछि अर्थ मन्त्रालयमा स्रोत व्यवस्थापन सहित छलफल शुरु भएको छ । अहिले विषयगत मन्त्रालय अन्तर्गत बजेट छलफल भइरहेको र अब करिब दश दिन भित्र बजेट छलफल सकिने अर्थ मन्त्रालयले जनाएको छ ।
मध्यकालीन खर्च संरचनामा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपैयाँको बजेट सिलिङ प्रक्षेपण गरिएको छ । यो बजेट प्रक्षेपणमा चालु खर्च १० खर्ब १ अर्ब ३५ करोड रुपैयाँ, पुँजीगत तर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ११ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
मध्यमकालीन खर्च संरचनामा उल्लेख गरिएको बजेट स्रोतका लागि सरकारले राजस्वबाट ११ खर्ब ६९ अर्ब ७७ करोड स्रोतको व्यवस्था गर्ने भनिएको छ भने ६३ अर्ब वैदेशिक अनुदान, वैदेशिक ऋण ३ खर्ब ३९ अर्ब र आन्तरिक ऋणबाट १ खर्ब ८७ स्रोत व्यवस्थापन गर्ने मध्यमकालीन बजेट संरचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु