स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसकाे संक्रमण

२०७६ फाल्गुन २८ गते, बुधबार

काठमाडाैँ, २८ फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड १९) संक्रमण भएको बेलायती समाचार संस्था युके डेलिमेलले जनाएको छ । गत शुक्रवार अचानक बिरामी परेकी डोरिसलाई कोरोना संक्रमण भेटिएपछि हाल उनी चिकित्सकको परामर्श सहित ‘आइसोलेसन’मा रहेकी छिन् ।
६२ वर्षीया डोरिसले एक विज्ञप्ति जारी गर्दै आफूसँग नजिक र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने काम भइरहेको पनि उल्लेख गरेकी छिन्। यद्यपि उनले आफुसँगै रहेकी ८४ बर्षीया आमालाई पनि कोरोना संक्रमण त भएको छैन भन्ने चिन्तामा रहेको उल्लेख गरेकी छिन् । किनकि उनको आमालाई गत मंगलवारदेखि रुघाखोकी शुरु भएको छ । मन्त्री डोरिसले नर्सबाटै आफ्नो पेशागत जीवन शुरु गरेकी थिइन्। शुक्रबार बिरामी पर्नु अघिसम्म डोरिस संसदको विभिन्न बैठकमा सहभागी रहेकी थिइन् । साथै उनले बेडफोर्डशायर निर्वाचन क्षेत्रमा बिरामीको शल्यक्रिया समेत गरेकी थिइन् । त्यसकारण पनि उनी बिरामी पर्नुअघि प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा समेत कोरोना भएको आशंका गर्दै स्वास्थ्य परीक्षण गर्न शुरु गरिएको छ । तीन छोरीकी आमा रहेकी श्रीमती डोरिसले भनिन् -‘ मेराे स्वास्थ्य परीक्षणमा काेराेना पाेजेटिभ भेटियाे । मलाई सूचित भए पछि मैले सबै सल्लाह दिएका सावधानीहरू अपनाउँदै घरमा अलग बसेकाे छु।’ बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६ जनाको ज्यान गइसकेको छ भने ३८२ जनामा संक्रमण भेटिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु