नवनियुक्त भारतीय राजदूत विनयमोहन काठमाडाैं आउँदै

२०७६ फाल्गुन १८ गते, आईतवार

काठमाडाैं, १८ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आउँदै छन । उनि बिहान सवा १० बजे काठमाडौं आइपुग्ने नेपालस्थित बताइएको छ । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् । सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका क्वात्राले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा भारतको प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रियाहरु