युवा संगठनद्वारा वृद्ध-वृद्धाहरुलाई न्यानो लुगा वितरण

२०७६ पुष १९ गते, शनिबार

काठमाडौं , १९ पुष । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपाल बाँकेले खजुरा गाउँपालिकामा असक्त र विपन्न वृद्ध-वृद्धाहरुलाई बिसहजार राशी बराबरको न्यानोलुगा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संगठनका केन्द्रिय सदस्य तथा भेरी-कर्णाली ब्युरो संयोजक दीपको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष दिपेशले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै दिपेशले- दलाल सत्ताका कथित जनप्रतिनिधिहरुले कर र भ्रष्टाचार मार्फत जनतालाई चुस्ने काम गरेको तर जनतालाई न्युनतम सेवासुबिधाबाट बन्चित गराएको आरोप लगाए । त्यस्तै वर्तमान व्यवस्था दलाल र लुटिखाने गिरोहहरुको अखाडा मात्र भएकाले नै राष्ट्रियता कमजोर मात्र होइन देशको अस्तित्व इतिहासकै खतरामा परेक बताउदै देशको रक्षा र जनताको सेवाका लागि युवा संगठन नेपालमा गोलबन्द भई दलालहरु विरुद्ध एकजुट हुन युवाहरुलाई अपिल समेत गरे । संगठनका जिल्ला कोषाध्यक्ष रोशनको समेत उपस्थिती रहेको उक्त न्यानोलुगा वितरण कार्यक्रमले वृद्ध-वृद्धाहरुमा खुशी छाएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु