बेलायत युरोपियन युनियनबाट बाहिरिने

२०७६ पुष ६ गते, आईतवार

काठमाडौं ,६ पुष । आउँदो जनवरी ३१ मा बेलायत युरोपियन युनियनबाट बाहिरिने भएको छ । संसदमा प्रधानमन्त्री बोरिस जोन्सनले ल्याएको प्रस्ताव पारित भएसँगै बेलायत इयूबाट बाहिरिने मार्ग प्रसस्त भएको हो । जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिए । त्यसको विपक्षमा २३४ सांसदको मत परेको हो, अर्थात बाहिरिने प्रस्ताव १२४ मतले अघि रह्यो । यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ । बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले बताएका छन् । विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ । -एजेन्सी

प्रतिक्रियाहरु