अखिल (क्रान्तिकारी) द्वारा प्रहरी दमनप्रती घाेर आपत्ति

२०७६ मंसिर २४ गते, मंगलवार

काठमाडौं २४ मंसिर । बाँकेको कोहलपुरमा आन्दोलनमा विद्यार्थीमाथी प्रहरीले गरेको दमनप्रति नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सँगठनले आपत्ती जनाएको छ । त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्यनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगन्जतर्फ गइरहेको ट्रकले ठक्कर दिदा उनको दुवै खुट्टामा गम्भिर चोट लागेको घटनाको विषयलाई लिएर आन्दोलनरत विद्यार्थीहरुमाथि प्रहरीले गरेको दमन प्रति आपत्ती जनाएको हो । सोमवार उक्त पार्टी निकटको विद्यार्थी सँगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती, बाँकेका संयोजक डि.बि. शाहीले एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् ।
संयोजक शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ‘सहपाठी साथिको आफ्नै आँखाको अगाडी दर्दनाक तरिकाले घटेको घटनालाई लिएर आक्रोशित विद्यार्थीहरुले छात्राको उचित न्याय र यस्ता दुर्घटनाहरु न्युनिकरणको लागी विद्यार्थीहरुद्धारा गरिएको न्यायपुर्ण आन्दोलनमाथि दमन गर्न प्रहरीले अश्रुग्यास, लाठीचार्ज र गोलिप्रहार समेत गरी दर्जनौं विद्यार्थीलाई घाईते बनाएको घटनाप्रति हाम्रो संगठन घोर भत्र्सना गर्दछ । साथै विद्यार्थीद्धारा शान्तिपुर्ण रुपमा गरिको न्यायपुर्ण आन्दोलनमा हाम्रो संगठनको एक्यबद्दता भएको कुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौँ ।’ साथै उनले ‘निति-निर्माता, कोहलपुर नगरपालिका, सम्बन्धित सुरक्षा निकाय र प्रशासनको फितलो किसिमको फितलो ट्राफिक काननु र यस्ता गम्भिर किसिमका घटनाको गम्भिर रुपले विश्लेषण र अनुसन्धान गरी नियन्तत्रण गर्नुको साटो सम्बन्धित निकायले लाचारीपना र कानमा तेल हालेर बस्नुले यस्ता प्रकृतिका दुर्घटनाले कलिला विद्यार्थी भाई-बहिनीको साथै आम सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ ।’
शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा अगाडी लेखिएको छ ‘आज न्यायको लागी आन्दोलनमा उत्रेका कलिला बालबालिका माथि प्रहरी प्रशासनको क्रूर्तापुर्ण दमनले यो राज्य, राज्य सन्चालन गर्ने शासक, उनिहरुको निति-निर्देशनबाट सन्चालन भएको प्रहरी-प्रशासनप्रति कलिला बाल मस्तिष्कमा कस्तो खालको असर पर्ला ? यो कुरा सम्बन्धित नियायले गम्भिर रुपमा बुझ्न र मनन गर्न जरुरी छ । आज आफ्ना सहपाठी मित्रको न्यायको लागी भन्दै कापि-कलम बोक्ने हातमा ढुङ्गा देखिएका छन् । भोलि यो देशको राज्सत्ता, नितिनियम र समग्र व्यवस्थाकै विकल्प खोज्न यो भन्दा अर्को खतरनाक स्टेप नसमात्लान भन्न सकिदैन ।’ साथै शाहीले विद्यार्थीहरुको न्यायपुर्ण आन्दोलनमा गरिएको प्रहरी दमन तत्काल बन्द गरि समस्याको उचित किसिमको हल खोज्न सम्बन्धित निकाय समक्ष आग्रह समेत गरेका छन् । साथै उक्त दुर्घटनाबाट गम्भीर घाईते बहिनी प्रकृति चन्दलाई उचित उपचार र क्षेतिपुर्तिको माग गर्दै उनि लगाएत आन्दोलनको क्रममा घाईते सम्पूर्ण विद्यार्थीहरुको शिघ्र स्वास्थयलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रियाहरु