भारतीय अतिक्रमणविरुद्ध डडेल्धुरामा बिरोध प्रर्दशन

२०७६ मंसिर २३ गते, सोमबार

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले भारतीय अतिक्रमणविरुद्ध डडेल्धुरामा बिरोध प्रर्दशन गरेको छ ।
अखिल ( क्रान्तिकारी ) डडेल्धुराले जिल्लाको आलितालमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीतामा भारतीय हस्तक्षेप र सिमा अतिक्रमण का विरुद्धमा आज विरोध प्रदर्शन गरेको हो । बिरोध प्रर्दशन पछि साथै कोणसभा मा अखिल क्रान्तिकारी डडेल्धुरा का अध्यक्ष शंकर खातीले सम्बोधन गर्दै सिमा रक्षाका लागि बलिदान दिन तयार रहेको बताए ।
भारतले नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेपछि नेकपाले नेपाली भुमि फिर्ताको माग गर्दै बिभिन्न माध्यमबाट बिरोध गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु