कोहलपुर तनावग्रस्त

२०७६ मंसिर २२ गते, आईतवार

काठमाडौँ , २२ मंसिर । ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि बाँकेको कोहलपुर तनाबग्रस्त बनेको छ । आज बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रगति चन्द घाइते भएकी थिइन् । उनको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा भइरहेको छ । स्कुले बालिका घाइते भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गर्नुका साथै बिहानैदेखि कोहलपुर–नेपालगञ्ज सडकखण्ड ठप्प पारेका छन् । विद्यार्थीहरुले दुई दर्जनबढी सवारी साधन तोडफोड गरेका छन् । आक्रोशित विद्यार्थीले कोहलपुर प्रहरी चौकी घेरा हाल्नुको साथै परिसरमा रहेको एउटा क्यान्टिनमा आगजनी समेत गरेका छन् । प्रहरीसंगको झडपमा घाइते भएका विद्यार्थीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अँश्रु ग्याँस प्रहार गरेको छ भने दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार