महासागरहरुमा अक्सिजनको कमी, लाखौं समुद्री जीवहरु संकटमा

२०७६ मंसिर २२ गते, आईतवार

काठमाडौँ , २२ मंसिर । जलवायु परिवर्तनका कारण विश्वका महासागरहरुमा अक्सिजनको कमी भएपछि लाखौं समुद्री जीवहरु संकटमा परेका छन् । प्रकृतिका लागि काम गर्ने समूह आईयुसीयनको एक अध्ययनले हालै एक तथ्यांक सार्वजनिक गर्दै समुद्री जीवहरु संकटमा परेको जनाएको हो । जलवायु परिवर्तनकै कारण समुद्रमा पोष तत्वको कमी भएसँगै समुद्री जीवहरु संकटमा परेको तथ्यांकमा औंल्याइएको छ ।
महासागर नजिकको कारखाना र खेतीयोग्य जमिनबाट निस्केको नाइट्रोजन र फोस्फोरस जस्ता रसायनका कारण समुद्रमा रहेका जीवहरु संकटमा परेकोले निकट भविष्यमा हजारौं प्रजातीका माछालगायत अन्य जीवहरु मर्न सक्ने तथ्यांकमा उल्लेख गरिएको छ ।
यसअघि सन् १९६० मा विश्वका ४५ वटा महासागरहरुमा अक्सिजनको कमी भएको पाइएको थियो भने हाल ७ सय वटा महासागरमा अक्सिजनको कमी भएको बताइएको छ । हाल महासागरहरुमा बिगत ५० वर्षको तुलनामा अक्सिजनको मात्रा ४० प्रतिशतले कमी आएको पनि तथ्यांकमा उल्लेख छ । उत्सर्जनमा रोक नलगाएको खण्डमा सन् २१०० सम्ममा महासागरको अक्सिजनको मात्रामा चार प्रतिशतसम्म कमी आउने शोधकर्ताहरुको चेतावनी छ ।-एजेन्सी

प्रतिक्रियाहरु